मुख्यमन्त्री कप : महिलातर्फ म्याग्दी विजयी ,कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी

  • ३ फाल्गुन २०७९, बुधबार
  • 601 पटक पढिएको

स्याङ्जा, ३ फागुन । गण्डकी प्रदेश मुख्यमन्त्री कप –२०७९ मा महिलातर्फ म्याग्दी विजयी भएको छ । भने पुरुषतर्फ बागलुङ विजयी भएको छ । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बागलुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो । महिलातर्फ म्याग्दीले पर्वतलाई सिधा सेटमा पराजित गरेको थियो । यस्तै स्याङ्जाले तनहुँलाई हराउँदै तेस्रो स्थान हात पारेको हो । सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ रवि केसी र महिलातर्फ म्याग्दीका अरुण शाहीले १५ हजार नगद र कप प्राप्त गर्नुभयो ।

यस्तै, पुरुषतर्फ विष्णु क्षेत्री (स्पाइकर), सेटर मिन सुनार (बागलुङ), ब्लकर हिमाल सुनारी (नवलपुर) ,रक्षा सौगात जिसी (पर्वत), प्रशिक्षक कृष्ण शेरचन (बागलुङ), महिलातर्फ सरभर सोहिन थापा (स्याङ्जा), ब्लकर मनिषा तिलीजा पुन (म्याग्दी), रक्षा जय मनिषा (स्याङ्जा), सेटर रोबिना घर्ती (म्याग्दी), स्पाइकर रिमा कुँवर (पर्वत), प्रशिक्षक मलिन रोका (म्याग्दी)ले १०÷१० हजार नगद प्राप्त गर्नुभयो ।

फागुन १ गतेबाट प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषद्ले खेलाएको प्रतियोगितामा प्रथमले एक लाख ५० हजार, द्वितीयले एक लाख र तृतीयले ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदेश स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ । प्रतियोगितामा पुरुष तर्फ ११ जिल्ला र महिलातर्फ मनाङबाहेकका १० जिल्लाको सहभागिता थियो ।