चर्को व्याजदर र मिटर व्याजका विरुद्ध बेनीमा नेकपाकाे प्रदर्शन (तस्बिर/भिडियाे)
- ५ फाल्गुन २०७९, शुक्रबार
- 479 पटक पढिएको
म्याग्दी ५ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चर्को बैँक व्याजदर, लघुवित्त र मिटर व्याजका विरुद्ध शुक्रवार बेनीमा पर्दशन गरेको छ । देशका विभिन्न स्थानमा सर्वसाधारण नागरिकले चर्को व्याजदर र मिटर व्याजका कारण आफुहरु समस्यामा परेको भन्दै विभिन्न निकायमा उजुरी दिनेक्रम बढेपछि विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो ।
बेनीमा नेकपामा नेता तथा कार्यकर्ताहरुले बैँक तथा वित्तिय संस्था र मिटर व्याजका कारण गरिब, विपन्न र मध्ययम बर्गको नागरिकहरुमाथि ठूलो आर्थिक शोषण भएको भन्दै विरोध पदर्शन गरेका थिए । विरोध पदर्शन सहितको ¥यालीले बजार परिक्रमा गरे पश्चात विरेन्द्रचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका नेताहरुले शहरी क्षेत्रमा बैँक तथा वित्तिय संस्था र ग्रामीण भेगमा लघुवित्तहरुले चर्को व्याजदरले नागरिकहरुमाथि आर्थिक शोषणा गरेको बताएका थिए ।
सभालाई नेकपाका धौलागिरी इन्चार्ज विकिरण, म्याग्दी इन्चार्ज उघा घिमिेर, युवा संगठनको केन्द्रिय सचिब विश्लेषणले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले नागरिकबाट अशुल भएको चर्को व्याजदर छिटो फिर्ता नगरे पार्टीले कारबाही गर्ने चेतावनी समेत दिनुभएको थियो ।