अनेरास्ववियुको सचिवमा म्याग्दीका प्रकाश पौडेल विजयी

  • ५ फाल्गुन २०७९, शुक्रबार
  • 407 पटक पढिएको

 

म्याग्दी, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा म्याग्दीका प्रकाश पौडेल विजयी भएका छन् । शुक्रबार बिहान भएको मतपरिणाम अनुसार ५२८ मत लिएर पौडेल बिजयी भएका हुन् ।


सचिवमा विजयी पौडेल जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य निर्वाचित हुदै सचिवालय सदस्य र गण्डकी प्रदेशको संयोजक पदमा रहेर संगठनको जिम्मेवारी कुशल रुपमा काम गर्दै आएका थिए । त्यस्तै केन्द्रिय सदस्यबाट गण्डकी प्रदेशबाट म्याग्दीकी सावित्री खत्री सर्वसम्मत भएकी छन् ।
अनेरास्ववियूको अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाया विजयी भएका छन् ।