म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन

  • ७ फाल्गुन २०७९, आईतवार
  • 413 पटक पढिएको

अष्ट्रेलिया ७ फागुन । म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले ईन्द्र थापा मगरकाे अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बाँनिया, सहसचिवमा गोकुल भण्डारी, कोषाध्यक्षमा लुकेश थापा मगर, सह-कोषाध्यक्षमा सन्दिप खत्री ‌र प्रवक्तामा हिक्मत श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरु अनिल बाँनिया, सन्दिप खत्री, बाबुराम पौडेल , नगेन्द्र (राज) खत्री, कृष्ण खड्का, सुर्य बहादुर मगर, ईन्द्र विश्वकर्मा, गोपाल पुन, कुशल पौडेल, विशाल पौडेल , तुल बहादुर थापा, मुक्ति सुवेदी निर्वाचित भएकाे माेना अस्ट्रेलियाले जनाएको छ ।