रु एक करोड लगानीमा ‘मंगला इन्द्रेणी पार्क’ तयार, उद्घाटन समारोह (भिडियो र तस्बिरमा)

  • ७ फाल्गुन २०७९, आईतवार
  • कमल खत्री
  • 467 पटक पढिएको

बेनी, ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ निर्माण गरिएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो ।

 

आइतवार एक समारोहका बिच उक्त पार्कको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले उद्घाटन गर्नुभएको छ । पार्कमा संग्राहलय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

पार्क बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले ३ रोपनी, १५ आना, ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । त्यसैगरि थप पाँच आना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु १ लाख र मंगला युवा क्लबले रु २ लाख आर्थिक सहयोग गर्नुभएको थियो ।  

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l