म्याग्दी समाचार

भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री

जोमसोम, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ । बुधबार मुस्ताङमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो... पुरा पढ्नुहोस

तीन महिनापछि लुलाङमा विजुली बल्यो

बेनी, १ कात्तिक : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा तीन महिनापछि विजुली बलेको छ । गत असार २८ गते पहिरोले ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि विद्युत सुविधा उपभोगबाट बञ्चित भएका स्थानीयले लघुजलविद्युत मर्मत भएपछि पुनः विजुली वत्ति बाल्न पाएका हुन् । धवलागिरि गाउँपालिका र जिल्ला समन्वय समितिको... पुरा पढ्नुहोस

म्याग्दीका डिएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट जिल्ला प्रमुख

  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । बेनीमा जिल्ला प्रहरी... पुरा पढ्नुहोस

शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

बेनी, ३० असोज । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ । समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद आचार्य, सचिवमा बिष्णुप्रसाद आचार्य, सहसचिवमा सन्तोष शर्मा ढुंगाना र कोषाध्यक्षमा निरमाया मिजार... पुरा पढ्नुहोस

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ चयन

बेनी, ३० असोज । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्रबहादुर घिमिरे,... पुरा पढ्नुहोस

जयन्ती माविको नवनिर्मित विद्यालय भवन उद्घाटन (फोटो फिचर)

बेनी, २९ असोस : म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । समुदायको अगुवाइमा निर्माण भएको सुविधा सम्पन्न विद्यालय भवनको आइतवार एक समारोहका बिच उद्घाटन गरिएको हो । विद्यालय भवन पुननिर्माणमा करिब रु ३ करोड ५० लाख खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता,... पुरा पढ्नुहोस

बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग

बेनी, २८ असोज । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ । अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । क्षमता विस्तार अनुसार दरवन्दि नथपिएको र... पुरा पढ्नुहोस

बेनी–भकिम्ली सडक स्तरोन्नती योजना सञ्चालनको तयारीमा : भौतिक पूर्वाधार तथा यातायात मन्त्री जुग्जाली

म्याग्दी, २८ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयको भवनको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले बेनी–भकिम्ली सडक कालोपत्र... पुरा पढ्नुहोस

दसैं सुरू, आज घटस्थापना

आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैंसुरु भएको मानिन्छ।आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र... पुरा पढ्नुहोस

नेपाल उद्योग व्यापार महासंघ,म्याग्दीद्धारा शुभकामना आदान प्रदान

म्याग्दी २७ असोज । नेपाल उद्योग व्यापार महासंघ, म्याग्दीको आयोजनामा शनिवार नजिकिँदै गरेको बिजया दशमी तथा शुभदिपावली लगायतका चाडपर्वहरुको अवसरमा शूभकामना आदान प्रदान गरिएको छ । बेनी नगरपालिका–४ सिंगामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायि, कर्मचारी, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका... पुरा पढ्नुहोस