म्याग्दी समाचार

मोना युएईको हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

म्याग्दी, १ असोज । मोना युएईले नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा शनिबार हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम गरेको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आयोजनामा युएईको वर दुबई स्थित बैट अल जैर्यान रेस्टुरेन्टमा भेटघाट तथा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न गरेको हो । दर खाने... पुरा पढ्नुहोस

आज विश्वकर्मा पूजा मनाउँदै

काठमाडौँ १ असोज । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर... पुरा पढ्नुहोस

आज तीज पर्व : महादेवको उपासना गरेर मनाइँदै

काठमाडाैं १,  असोज | भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज(सोमबार) देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।    शास्त्रअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर... पुरा पढ्नुहोस

पोखरामा मिटरमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा

पोखरा, ३१ भदौ । पोखरामा मिटर प्रणालीमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा परेका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यही भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो । एक महिनाको अवधिमा ९५ ट्याक्सीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी... पुरा पढ्नुहोस

सदनमा दर्ता भएको शिक्षा विद्येयक संशोधनको माग गर्दै असोज ३ गतेदेखि शैक्षिक हड्तालको घोषणा

बेनी, ३१ भदौ । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन – २०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका शिक्षकहरु आइतबार बिरोध प्रर्दशनमा सहभागि हुन काठमाडौ पुगेका थिए । नेपाल शिक्षक... पुरा पढ्नुहोस

मंगलेखानीको सिङ्गो गाउँ आलु र सिमी खेतीमा (फोटो फिचर)

कमल खत्री बेनी, ३१ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गर्नुभएको छ । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रुपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले करिब १५ रोपनी... पुरा पढ्नुहोस

मालिका आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईयो

म्याग्दी भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाईएको छ । बार्षिकोत्सवको अवसरमा विद्यार्थी र अभिभावकहरुले साँस्कृतिक झाँकी सहित गाउँ परिक्रमा गरेका थिए । कार्यक्रममा विद्यालयको उत्कृष्ट शिक्षक र उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षक होमकुमारी... पुरा पढ्नुहोस

सञ्चारिका समूह म्याग्दीको अध्यक्षमा जिसी

म्याग्दी, ३० भदौ । सञ्चारिक समूह नेपाल जिल्ला शाखा म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनले देवी जिसीको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सञ्चारिका समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्यक्षमा मनु... पुरा पढ्नुहोस

राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा तिज गीत प्रतियोगिता सम्पन्न

  म्याग्दी, ३० भदौ ।। राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा हरितालिका तिज पर्वको अवसरमा आयोजित जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता शुक्रबार बेनीमा सम्पन्न भएको छ । २३ समुहको सहभागीता रहेको प्रतियोगितामा राज कुमार परियार प्रथम, रुपा विटालु द्धित्तिय, मंगला आमा समुह तृत्तिय र शाहिल विश्वकर्माले चौँथो स्थान हासिल गर्नुभएको... पुरा पढ्नुहोस

बाल कचहरी : बालअधिकार संरक्षणका लागि ११ बुँदे घोषणापत्र जारी

बेनी, ३० भदौ : म्याग्दीको मालिका गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न ११ बुँदे मालिका गाउँपालिका घोषणापत्र जारी गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालयमा बाल बालिकाहरुको सबालमा छलफलका लागि आयोजित बाल कचहरीबाट उक्त घोषणापत्र जारी गरिएको हो । सामाजिक विकास... पुरा पढ्नुहोस