म्याग्दी समाचार

म्याग्दी खण्डको पहिरो पन्छ्याएपछि बेनी—जोमसोम सडक सूचारु

म्याग्दी ९ भदौ । अविरल वर्षाका कारण ठाउँ ठाउँमा खसेको पहिरोले अवरुद्ध भएको बेनी जोमसोम सडक पहिरो पन्छाएपछी सुचारू भएको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३ को गुईठे र खाम कित्तामा खसेको पहिरो पन्छ्याएपछि शनिबार अपरान्हबाट  सडक संञ्चालनमा आएको छ । मौसम सुधारन्मुख भएसंगै आयोजनाले... पुरा पढ्नुहोस

स्वयंसेवक बनेर आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक( तस्विर सहित )

https://www.youtube.com/watch?v=H6oQiIcYM5g   कमल खत्री बेनी, ९ भदौ : प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशामै फर्कनुभएको छ । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ बर्षिय सुवेदीले स्वयंसेवक शिक्षकको रुपमा शिक्षण पेशालाई पुनः निरन्तरता दिनुभएको... पुरा पढ्नुहोस

पर्यटन मार्फत आम्दानी गर्दै अन्नपूर्ण गाउँपालिका

बेनी, ८ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मार्फत रु १ करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीय स्थल भुरुङ तातापानी, पाउद्धार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का... पुरा पढ्नुहोस

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर बढ्यो

  म्याग्दी, ७ भदौ । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मा फर्किने र प्रवेश गर्ने लहर बढेको छ । विगत विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता आउने र केन्द्रित हुने लहर म्याग्दीमा बढ्दै गएको हो । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले बुधबार... पुरा पढ्नुहोस

पहिरोले विद्युत्गृह बगाएपछि एक महिनादेखि लुलाङबासी अन्धकारमा

  म्याग्दी, ७ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको चार सय घर परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता... पुरा पढ्नुहोस

तिन महिने अभियान अन्तरगत माओवादी केन्द्र म्याग्दीको कार्ययोजना निर्माण

  म्याग्दी, ६ भदौं । तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बसेको विस्तारित बैठकले कार्ययोजना निर्माण गरेको छ । भदौ १६ देखि सुरु गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ नेकपा माओवादी केन्द्र म्याग्दीले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत कार्ययोजना निर्माण... पुरा पढ्नुहोस

बेनी – जोमसोम सडक ५ दिनपछि खुल्यो

[caption id="attachment_71579" align="alignnone" width="1024"] फाइल तस्बिर ः[/caption] म्याग्दी ६ भदौ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर... पुरा पढ्नुहोस

पहिरोबाट विस्थापित सुबावासीलाई आपतकालिन राहत

  दाना, ५ भदौ । पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवाका बासिन्दाहरुलाई मंगलबार आपतकालिन राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई रु. एक लाख दश हजार नगद वितरण गरेको हो । दानाका वडा अध्यक्ष रमेश पुर्जाले पहिरोबाट घर भत्किएका सतबिर पाईजालाई रु. १५ हजार... पुरा पढ्नुहोस

मल्कबाङ समाज युकेको नयाँ नेतृत्व : अध्यक्षमा शेर छन्त्याल चयन

म्याग्दी , ५ भदौ । बेलायतमा बसोबास गर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङबासीहरुको साझा संस्था मल्कबाङ समाज युकेको नयाँ नेतृत्व चयन भएको छ । बेलायतको रेडिङ शहरमा अधिवेशन गरि नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संस्थाका संस्थापक अध्यक्ष शेर छन्त्याल पुनः अध्यक्षमा चयन हुनुभएको छ । सर्वसम्मत रुपमा चयन भएको... पुरा पढ्नुहोस

ब्रेन ट्यूमर पीडित हरी दमाईलाई उपचारमा आर्थिक समस्या

म्याग्दी, ५ भदौ । टाउकोमा ब्रेन ट्यूमर रोगबाट पीडित भएका रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ३५ बर्षिय हरि दमाईलाई उपचारमा आर्थिक समस्या भएको छ । रोजगारका लागि कतार पुगेको ६ महिनामा उहाँको टाउकोमा समस्या बढ्दै गएपछि घर फर्किर पोखरास्थित गण्डकी अस्पताल पोखरामा उपचार गराउँदै आउनुभएको थियो । उपचार(अप्रेशन) प्रश्चात टाउँकोमा... पुरा पढ्नुहोस