समाजसेवी शिव केसीद्धारा ज्ञानोदय माविमा १९५ थान अतिरिक्त पोसाक(ट्याकसुट) सहयोग

  • २ पुष २०८०, सोमबार
  • 496 पटक पढिएको

म्याग्दी ३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिब केसीले १९५ थान अतिरिक्त पोसाक (ट्याकसुट) सहयोग गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुको लागि केसीले करिब रु २ लाख बराबरको उक्त पोसाक उपलब्ध गराउनुभएको हो ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामाग्री प्रदान गर्नुभएको थियो । विद्यालयका सल्लाहकार समेत रहनुभएका केसीले विगतदेखि नै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आउनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताउनुभयो ।
उहाँले विद्यालयले साताको दुई दिन अतिरिक्त पोसाकलाई प्रचलनमा ल्याउने तयारी गरेको सन्दर्भमा सहयोगदाता केसीले उक्त सहयोग प्रदान गरेपछि विद्यालयलाई ठूलो राहत मिलेको बताउनुभयो । कार्यक्रममा विद्यालयले सहयोगदाता केसीलाई सम्मान समेत गरेको छ । वडा सदस्य जितबहादुर खत्री, विद्यालयका अध्यक्ष सुवेदी, प्रअ बिजय शर्मा लगायतले सहयोगदाता केसीलाई सम्मानपत्रद्धारा सम्मान गर्नुभएको थियो ।