म्याग्दी समाचार
ब्यवसायी कार्कीद्वारा विद्यालयको अक्षयकोषमा एकलाख आर्थिक सहयोग
- 1 बर्ष, 5 महिना अगाडि
- १९ जेष्ठ २०८०, शुक्रबार
बेनी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु साझपानी घर भई हाल युएई (दुवै) मा ब्यवसाय गर्दै आउनुभएका ठक्करबहादुर कार्की (प्रकाश)ले सोही वडाको साझपानीमा रहेको देउराली आधारभूत विद्यालयको अक्षयकोष खातामा एकलाख एकसय ५१ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । ब्यवसायी कार्कीले परिवारको तर्फबाट विद्यालयको शैक्षिक प्रगतिको लागि सो... पुरा पढ्नुहोस
जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु
- 1 बर्ष, 5 महिना अगाडि
- १९ जेष्ठ २०८०, शुक्रबार
म्याग्दी, १९ जेठ । “शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान” भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ। शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक... पुरा पढ्नुहोस
बेनीमा मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस मनाईयो
- 1 बर्ष, 5 महिना अगाडि
- १९ जेष्ठ २०८०, शुक्रबार
म्याग्दी, १९ जेठ । मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवस शुक्रबार बेनीमा मनाइएको छ । समाजको म्याग्दी शाखाले बेनी स्थित विरेन्द्रचोकको चौतारीमा आयोजना गरेको कार्यक्रममा “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयको संस्थाको अवधारणापत्र सार्वजनिक गरिएको थियो । शाखा सदस्य सन्तोष ढुङ्गानाले समाजको मानव अधिकार, शान्ति, लोकतन्त्र,... पुरा पढ्नुहोस
वाइसीएल अन्नपूर्णको अध्यक्षमा ध्रव तिलिजा पुन
- 1 बर्ष, 5 महिना अगाडि
- १८ जेष्ठ २०८०, बिहीबार
म्याग्दी, १८ जेठ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा ध्रुव तिलिजा पुन सर्वसम्मत चयन हुनुभएको छ। विहिबार पोखरेवगरमा भएको वाईसिएलको पहिलो सम्मेलनबाट तिलिजा पुनको नेतृत्वमा १७ सदस्यीय कमिटि चयन गरिएको हो । सम्मेलनबाट कमिटिको उपाध्यक्षमा सुन्दर विक, सचिवमा रजिन वि.क, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
रघुगंगामा दुई चिस्यान गृह निर्माण
- 1 बर्ष, 5 महिना अगाडि
- १८ जेष्ठ २०८०, बिहीबार
म्याग्दी, १८ जेठ । रघुगंगा गाउँपालिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ को झिँमा २० हजार किलोग्राम क्षमताका चिस्यान गृह निर्माण गरेको हो । कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल र... पुरा पढ्नुहोस
कपटी पुजारीको विकल्प खिर–झाँक्री?
- 1 बर्ष, 5 महिना अगाडि
- १८ जेष्ठ २०८०, बिहीबार
नेता भएनन् नेताले देश बिगारे भनेरै धेरै नेपालीको दिन बित्छन्। दिनको के कुरा जिन्दगी बितिसके । यसै बिचमा बैकल्पिक शक्ति निर्माण को प्रयासहरु नभएका होइनन् । ती मध्य विबेकशिल साझा पार्टीले ढुङ्गामुढा गर्ने र रेलिङ भाँच्ने जस्ता गतिबिधि गर्ने दल हरुलाई पेले कार्ड बोकेर माइतिघर मण्डलामा उभिँदै शान्तिपूर्ण बिरोध... पुरा पढ्नुहोस
बेनी नगरमा असूल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख – महालेखा परिक्षक प्रतिवेदन
- 1 बर्ष, 5 महिना अगाडि
- १७ जेष्ठ २०८०, बुधबार
बेनी, १७ जेठ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षणमा बेनी नगरपालिकामा ११ करोड २६ लाख १२ हजार रुपैयाँ बेरुजु उल्लेख गरेको छ । जसमध्ये तत्काल असुल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख २३ हजार रुपैया रहेको छ भने अन्य बेरुजुको प्रमाण कागजात... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख बजेट
- 1 बर्ष, 5 महिना अगाडि
- १६ जेष्ठ २०८०, मंगलवार
बेनी, १६ जेठ । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय... पुरा पढ्नुहोस
रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन सांसद भण्डारीको माग
- 1 बर्ष, 5 महिना अगाडि
- १६ जेष्ठ २०८०, मंगलवार
पोखरा, १६ जेठ । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन माग गर्नुभएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले म्याग्दी जिल्लामा मकै र धान बालीका लागि माग अनुसार रासायनिक मल आपुर्ति नहुँदा कृषक समस्यामा परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसर फुटबल प्रतियोगितामा
- 1 बर्ष, 5 महिना अगाडि
- १६ जेष्ठ २०८०, मंगलवार
म्याग्दी १६ जेठ । १६ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दीको दरवाङमा अवस्थित के.वि एकेडेमीले आयोजना गरेको अन्तरमावि स्तरीय खुल्ला फाइव ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजक के.वि एकेडमी दरवाङले जित्न सफल भएको छ । जिल्लाका विभिन्न २२ विद्यालय सहभागि उक्त प्रतियोगितामा आयोजक के. वि एकेडेमी दरवाङले हेम मावि सिवाङलाई... पुरा पढ्नुहोस