म्याग्दी समाचार
धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा बजेट अभाव
- 1 बर्ष, 5 महिना अगाडि
- १ असार २०८०, शुक्रबार
म्याग्दी, १ असार । धवलागिरी गाउँपालिकाको निर्माणधिन प्रशासकीय भवनमा बजेट अभाव भएको छ। गाउँपालिकाले वडा नम्बर ३ घट्टेखोलामा निर्माणधिन भईरहेको भवनमा संघीय सरकारबाट आउनपर्ने बजेट समयमै नआएको कारण भवन निर्माण प्रभावित बन्ने जोखिम बढेको र समयमै सम्पन्न नहुने समस्या बढ्दै गएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । संघीय सरकारको ६०... पुरा पढ्नुहोस
बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश
- 1 बर्ष, 5 महिना अगाडि
- ३२ जेष्ठ २०८०, बिहीबार
म्याग्दी, ३२ जेठ । जिल्ला अदालत म्याग्दीले मोटरसाईकल राईडर प्रभाव बसेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जवरजस्ती करणी, अपहरण र शारिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका बसेललाई विहिबार भएको बहसपछि अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको हो... पुरा पढ्नुहोस
बजेट कटौतीले सम्पन्न योजनाको भुक्तानीमा समस्या
- 1 बर्ष, 5 महिना अगाडि
- ३२ जेष्ठ २०८०, बिहीबार
म्याग्दी, ३२ जेठ । म्याग्दीका स्थानीय तह पनि बजेट कटौतीले अप्ठयारोमा परेका छन्। संघीय सरकारले तेस्रो चौमासिकमा स्थानीय तहको बजेट कटौती गर्दा योजनाको भुक्तानीमा समस्या भएको हो । तेस्रो चौमासिकको वित्तीय समानीकरण अनुदानबाट आउने रकमबाट ५० प्रतिशत बजेट कटौती गर्दा चालू बर्ष सम्पन्न भएका योजनालाई अन्तिममा भुक्तानी दिन समस्या भएको... पुरा पढ्नुहोस
आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम
- 1 बर्ष, 5 महिना अगाडि
- ३२ जेष्ठ २०८०, बिहीबार
बेनी, ३२ जेठ । महिलालाई आत्मनिर्भर बनाउन ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ अन्तरगत बेनी नगरपालिकाको वडा नम्बर ९ मा महिलालाई सिपमुलक तालिम दिएको छ। बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूहको आयोजनामा नमकिन... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु
- 1 बर्ष, 5 महिना अगाडि
- ३१ जेष्ठ २०८०, बुधबार
बेनी, ३१ जेठ : बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुईबजेटबाट सुचारु भएको अन्नपूर्ण–२ का वडा अध्यक्ष ओम फगामीले... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक मा सिधा सवारी अवरुद्ध
- 1 बर्ष, 5 महिना अगाडि
- ३१ जेष्ठ २०८०, बुधबार
म्याग्दी ३१ जेठ । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस
नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस
- 1 बर्ष, 5 महिना अगाडि
- ३१ जेष्ठ २०८०, बुधबार
म्याग्दी ३१ जेठ । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलवार संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता तथा उपाध्यक्ष सुशिला शेरचनको स्वागत भाषणमा सम्पन्न भएको यस कार्यक्रममा संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको शेयर खरिद गरी नयाँ सदस्य... पुरा पढ्नुहोस
बेनी र अन्नपूर्णद्वारा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी बेनीमा अभिमुखीकरण
- 1 बर्ष, 5 महिना अगाडि
- ३० जेष्ठ २०८०, मंगलवार
म्याग्दी, ३० जेठ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत कर्मचारीलाइ सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम संंचालन गरिएको छ। बेनी र अन्नपूर्णस्थित वडासचिव र पञ्जिकरण शाखामा कार्यरत ४० जना कर्मचारीलाई बुधबारसम्म संचालन हुने घटना दर्ता सम्वन्धी... पुरा पढ्नुहोस
गुर्जामा दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम
- 1 बर्ष, 5 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
बेनी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम गरिएको छ। दिर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो । भौगोलिक रुपमा एक दिनको पैदलयात्रामा पुगिने वडानम्वर १ गुर्जामा पुगेर गाउँपालिका अध्यक्ष पुनले सो कार्यक्रम गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दिर्घरोगीहरुलाई... पुरा पढ्नुहोस
सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया
- 1 बर्ष, 5 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । बेनी नगरपालिका–४ सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग अन्तरक्रिया गरिएको हो । लघुउद्यमी समुहमा आवद्ध उद्यमीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिममार्फत सिकेको सिपलाई ब्यवसायकि रुपमा... पुरा पढ्नुहोस