एसईई परिक्षा : म्याग्दीमा २० जना विद्यार्थी अनुपस्थित

  • १५ चैत्र २०८०, बिहीबार
  • 289 पटक पढिएको

बेनी । विहिबारदेखि सुरु भएको एसईई परिक्षामा २० जना विद्यार्थी अनुपस्थित भएका छन् ।म्याग्दीमा १९ सय ४२ जना विद्यार्थीहरुले फर्म भरेका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाका अनुसार,नियमित तर्फ १८ सय ४०,ग्रेड बृद्धिका २३ जना, प्राविधिक धारतर्फ ७९ जना विद्यार्थीले परीक्षाका लागि फर्म भरेका हुन् । ९ जना छात्र र ११ छात्रा परिक्षामा सहभागी नभएको प्रमुख थापाले जानकारी दिनुभयो । ग्रेड बृद्धिका चार जना विधार्थी सहभागी भएका छन् ।

बेनी प्रकाश मावि परिक्षा केन्द्रमा ३ जना ,न्यु वेष्ट प्वाइन्ट आवासीय मावि परिक्षा केन्द्रमा २ जना ,धवलागिरी माविमा ४ जना ,जनप्रिय मावि केन्द्रमा ७ जना ,हेम मावि परिक्षा केन्द्रमा १ जना ,मुक्तिधाम मावि केन्द्रमा २ जना र मुक्तिमार्ग माविमा १ जना विद्यार्थी अनुपस्थित भएका छन् । बिहान ८ बजेबाट सुरू भएको पहिलो दिन अंग्रेजी विषयको परिक्षा भएको छ । जिल्लामा एसईई परीक्षा सञ्चालनको लागि ९ वटा परीक्षा केन्द्र तोकिएको छ ।