म्याग्दी समाचार
बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै
- 1 बर्ष, 10 महिना अगाडि
- ४ फाल्गुन २०८०, शुक्रबार
म्याग्दी । बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल... पुरा पढ्नुहोस
केवि एकेडेमीमा आइटि क्लासको तयारी : प्रविधि र सीप सँगसँगै
- 1 बर्ष, 10 महिना अगाडि
- ४ फाल्गुन २०८०, शुक्रबार
दरबाङ (म्याग्दी) ४ फागुन । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङमा अवस्थित के.वि एकेडेमी एण्ड मन्टेश्वरी होम्सले आइटि क्लास संचालनका साथै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका लागि तरकारी खेती लगाएत विभिन्न प्रयोगात्मक कार्यहरुको तयारी सुरु गरेको छ । विद्यार्थी र अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयले २० प्रतिशत छुटमा स्वास्थ्य जाँच... पुरा पढ्नुहोस
राम मन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण
- 1 बर्ष, 10 महिना अगाडि
- ३ फाल्गुन २०८०, बिहीबार
म्याग्दी, फागुन ३ गते । कालीगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राममन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको छ । गलेश्वर क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिका-२ स्थित रामन्दिर संरक्षण योजना अन्तर्गत कालिगण्डकी नदी किनारमा एकसय ३८ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गरिएको हो । जलस्रोत... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा श्रीमानलाई जीवन बिमाको पोलिसी उपहार
- 1 बर्ष, 10 महिना अगाडि
- ३ फाल्गुन २०८०, बिहीबार
म्याग्दी ३ माघ । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाकी सुनमती बिकले आफ्नो श्रीमान भिमबहादुर विकको जन्मदिनको अवसरमा जीवन विमाको पोलिसी उपहार दिनुभएको छ । विकले साविकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ स्न्स्योरेन्सको म्याग्दी शाखामा पुगेर जीबन बिमा गर्नुभएको छ । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा... पुरा पढ्नुहोस
म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग
- 1 बर्ष, 10 महिना अगाडि
- ३ फाल्गुन २०८०, बिहीबार
म्याग्दी । म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो । निस्कोट... पुरा पढ्नुहोस
जनयुद्धका कमाण्डर किसान माओवादी केन्द्रमा फर्किए
- 1 बर्ष, 10 महिना अगाडि
- ३ फाल्गुन २०८०, बिहीबार
बेनी, ३ फागुन । म्याग्दीका सामाजिक तथा राजनीतिक व्यक्तित्व लालु किसान नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहिबार काठमाडौमा किसानलाई माओवादीमा स्वागत गर्नुभएको हो । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान दश वर्षअघि माओवादी विभाजन हुदा मोहन वैद्य समुह हुदै नेत्र विक्रम... पुरा पढ्नुहोस
म्याग्दी जिल्ला भलिबल संघको प्रथम साधारणसभाः मंगला भलिबल संघ पुरस्कृत
- 1 बर्ष, 10 महिना अगाडि
- १ फाल्गुन २०८०, मंगलवार
म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा आईतवार बेनीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित साधारणसभाको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले उद्घाटन गर्नुभएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका समितिका अध्यक्ष केसीले म्याग्दी जिल्लामा भलिबल खेलको लोकप्रियता बढ्दै... पुरा पढ्नुहोस
गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न
- 1 बर्ष, 10 महिना अगाडि
- २९ माघ २०८०, सोमबार
बागलुङ,माघ २९ गते । बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो । पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा गण्डकी सरकारको... पुरा पढ्नुहोस
ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’
- 1 बर्ष, 10 महिना अगाडि
- २९ माघ २०८०, सोमबार
कमल खत्री म्याग्दी, २९ माघ । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ छ । म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै... पुरा पढ्नुहोस
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे अध्यक्षमा रमेश गिरी चयन
- 1 बर्ष, 10 महिना अगाडि
- २९ माघ २०८०, सोमबार
बेनी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था बेनीकाे २४ ओै वार्षिक साधारण सभा तथा ११ ओै अधिवेशनबाट अध्यक्ष पदमा रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ । आइतवार सम्पन्न अधिवेशन बाट उपाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा केशव प्रसाद रेग्मी, काेषाध्यक्षमा टंक बहादुर हमाल र सदस्य पदमा क्रमश: सिर्जना श्रेष्ठ , मनाेज पाैडेल,... पुरा पढ्नुहोस