गलेश्वरमा लैंगीक तथा सामाजिक समावेशीकरण र क्षमता विकास तालिम
- २२ जेष्ठ २०८१, मंगलवार
- 433 पटक पढिएको
संरक्षक संस्था म्याग्दीका अगुवा तथा लिड्स नेपालका कर्मचारीहरुलाई लैंगीक तथा सामाजिक समावेशीकरण र क्षमता विकास तालिम प्रदान गरिएको छ । लिड्स नेपालको आयोजनामा बेनी नगरपालिका–९ गलेश्वरमा आयोजित तालिममा संरक्षक अगुवा र संस्थाका कर्मचारीहरु समेत गरेर २८ जनाको सहभागीता रहेको थियो ।
तालिममा लैगीक हिंसा न्यूनीकरण तथा, लैंगीक र सामाजिक समावेशीकरण संगै क्षमता विकास सम्वन्धमा हिमाली गुरुङ र लिड्स नेपालका कार्यकारी निर्देशक डा. पदमराज श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । पाँच दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरुलाई खेल तथा प्रयोगात्मक अभ्यास समेतका विधिहरुबाट तालिम प्रदान गरिएको लिड्स नेपालका जिल्ला कार्यक्रम संयोजक निशा महतले जानकारी दिनुभयो ।
लिड्सले म्याग्दी, बागलुङ र नवलपुर कार्यक्षेत्र बनाएर मानसिक रोगका विरामीको उपचार तथा उनका संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । लिड्सले यस अघि म्याग्दीमा प्राकृतिक प्रकोपका कारण घर भत्किएकाहरुको आवास पुननिर्माण, संरक्षकहरुको आयआर्जन सुधारमा कुखुराका चल्ला वितरण, सीपमुलक तालिम प्रदान लगायतका काम गर्दै आएको छ ।