म्याग्दी समाचार

बगुवाखोलामा १८हप्ते आइपिएम कृषक पाठशाला सम्पन्न (तस्बिर सहित)

म्याग्दी ,२४ जेठ । बेनी नगरपालिका–५ बगुवाखोलाकी कृषक तुलसी थापा बानियाँले परम्परागत तरिकाले गोलभेडा खेती गर्दै आउनुभएको थियो । खेतीको लागि बिउ जमाउनेदेखि विरुवा लगाउने र मलजलको बारेमा राम्रो ज्ञान नहुँदा सोचेजस्तो उत्पादन गर्न भने सक्नुभएको थिएन् । १८ हप्ता लामो एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा सहभागी भएपछि बानियाँले... पुरा पढ्नुहोस

खवरामा केराको थामबाट फाइवर, थागो र कम्पोष्ट मल तयार (फाेटाे फिचर)

म्याग्दी,२२ जेठ : म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा विक्रि भएपछि खेर जाने थामलाई प्रसोधन गरेर फाईबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । https://youtu.be/YTwLhhug9ro   बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रम अन्तर्गत खवरामा फाईबर तथा भर्मि कम्पोष्ट... पुरा पढ्नुहोस

थामडाँडामा गुरुङ समुदायको दाहसंस्कार गर्ने विधिबारे प्रशिक्षण (तस्बिर/भिडिओ)

म्याग्दी, २२ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा गुरुङ समुदायको दाहसंसकार गर्ने विधि, तरिकाबारे प्रशिक्षण दिन थालिएको छ । तमु प्ये ल्हु संघ, म्याग्दीको आयोजना र बेनी नगरपालिका– ४ वडाको आर्थिक सहयोगमा गुरुङ समुदायको बाहुल्य बसोबास रहेको थामडाँडामा पाँच दिने तालिम सञ्चालन गरिएको हो । https://youtu.be/Tm50ujozx48 गाउँमा दाहसंस्कार गर्ने विधि... पुरा पढ्नुहोस

गलेश्वरमा लैंगीक तथा सामाजिक समावेशीकरण र क्षमता विकास तालिम

संरक्षक संस्था म्याग्दीका अगुवा तथा लिड्स नेपालका कर्मचारीहरुलाई लैंगीक तथा सामाजिक समावेशीकरण र क्षमता विकास तालिम प्रदान गरिएको छ । लिड्स नेपालको आयोजनामा बेनी नगरपालिका–९ गलेश्वरमा आयोजित तालिममा संरक्षक अगुवा र संस्थाका कर्मचारीहरु समेत गरेर २८ जनाको सहभागीता रहेको थियो ।  तालिममा लैगीक हिंसा न्यूनीकरण तथा, लैंगीक र सामाजिक समावेशीकरण... पुरा पढ्नुहोस

बेनी ढोरपाटन सडकमा रु. १ अर्बको नयाँ आयोजना

  बेनी, २२ जेठ : पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा... पुरा पढ्नुहोस

घरमा महिला मृत फेला, श्रीमान र छोरा पक्राउ

म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला सिमडाँडाकी ४३ बर्षिय विष्णु छन्त्यालको मृत्यु रहस्यमयी भएपछि उनका श्रीमान सहित छोराहरु पक्राउ परेका छन् । घरमै मृत अवस्थामा फेला परेकी विष्णु छन्त्यालको हत्या गरेकोे आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहादुर छन्त्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।... पुरा पढ्नुहोस

ज्यामरुककोटका महिलालाई सिपसँगै प्रविधी हस्तान्तरण

भकुण्डे, २१ जेठ :  म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” मार्फत सञ्चालित केराको थामबाट धागो, साबुन र सेनेटरी प्याड बनाउने तालिममा सहभागि भएकाहरुलाई व्यवसाय सञ्चालन गर्न उपकरण उपलब्ध गराइएको हो । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने... पुरा पढ्नुहोस

मोना फेस्टिवलको आम्दानी खर्च सार्वजनिक

जापान, २० जेठ । जापानमा गत अप्रिल २७ र २८ मा सम्पन्न मोना फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा सम्पन्न मोना फेस्टिवलमा नेपाली कला, संस्कृति, परम्परा र जनजिवनलाई झल्काउने कार्यक्रम विभिन्न साँगेतिक तथा साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । मोना जापानले... पुरा पढ्नुहोस

बेनीका मेलमिलापकर्तालाई आधारभूत तालिम

बेनी, २० जेठ । म्याग्दीको बेनी नगरपालिकाले मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । टोल, समुदाय स्तरमा विवाद निरुपणमा खटिने मेलमिलापकर्ताहरुका लागि जेठ १३ गतेदेखि शुरु भएको आधारभूत तालिम आइतबार सम्पन्न भएको हो । तालिममा नगरपालिकाको १० वटै वडाका ३२ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको बेनी नगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक... पुरा पढ्नुहोस

७४ वर्षअघि मौरिस हर्जोगको त्यो कीर्तिमानी आरोहण

फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको कीर्तिमान आरोहण गरेसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाए। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन्... पुरा पढ्नुहोस