मुलुक

निर्वाचन लक्षित राजनीतिक दलहरूमा दौडधुप सुरु

म्याग्दी, २ फागुन । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि म्याग्दीका राजनीतिक दलहरूमा दौडधुप सुरु भएको छ । जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति घोषणासंगै निर्वाचन लक्षित कार्यक्रम गरेका छन् । वडा, पालिका र... पुरा पढ्नुहोस

हँसिया प्रहार गरी श्रीमतीको हत्या

पर्वत २९ पुस । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् । शुक्रबार बिहान १० बजेको समयमा... पुरा पढ्नुहोस

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने

सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । उनका अनुसार वैशाख ३० गते शुक्रबारका दिन एकैपटक देशभर स्थानीय चुनाव हुनेछ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि... पुरा पढ्नुहोस

चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ... पुरा पढ्नुहोस

विदेशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा म्याग्दीका युवा

  म्याग्दी, २२ माघ । दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गरेका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् । लामो समयसम्म विदेशमा काम... पुरा पढ्नुहोस

हिउँले ढाकिएको पात्लेखर्क गाउँ (तस्वीरमा)

म्याग्दी २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको पात्लेखर्क गाउँ । विहिवारदेखि परेको हिमपातले गाउँ पुरै ढाकिएको छ । गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ । तस्वीर ः अंकित पुन पुरा पढ्नुहोस

महिला भलिबल टोलीलाई सरकारको सम्मान

काठमाण्डौ २१ माघ । वंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ। च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो। प्रधानमन्त्री... पुरा पढ्नुहोस

पर्वतको फलेबास नगरमा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

अगन्धर तिवारी पर्वत २० माघ । पर्वतको फलेबास नगरपालिकाले नगरभित्रका हरेक विदुर पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । मासिक एक हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिन थालेको हो । विशेष कार्यविधि बनाएर एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण थालिएको योजना अनुगमन अधिकृत देवीप्रसाद तिमिल्सिनाले बताए ।... पुरा पढ्नुहोस

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

बागलुङ २० माघ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय... पुरा पढ्नुहोस

लोकगायक खत्री सक्रिय राजनीतिमा

बागलुङ २० माघ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन हुनुभएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताउनुभयो । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने... पुरा पढ्नुहोस