मुलुक
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन–३ बाट भारी मतले बिजयी
- 7 बर्ष, 4 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
मंसिर, २५ चितवन । (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन– ३ बाट निर्वाचित भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ९ हजार मतान्तरले हराउँदै प्रचण्ड भारी मत अन्तरले बिजयी भएका हुन् । दाहालले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाए... पुरा पढ्नुहोस
ताकम माविको भवन उद्घाटन
- 7 बर्ष, 4 महिना अगाडि
- १५ मंसिर २०७४, शुक्रबार
म्याग्दी १५ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।... पुरा पढ्नुहोस
त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला
- 7 बर्ष, 4 महिना अगाडि
- १३ मंसिर २०७४, बुधबार
चितवन । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन । घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी... पुरा पढ्नुहोस
७०२ को भविष्य बाक्सामा कैद, ५९१ जनाको हार निश्चित !
- 7 बर्ष, 4 महिना अगाडि
- ११ मंसिर २०७४, सोमबार
छिटपुट घटना बाहेक संघीय संरचना अनुसार पहिलो पटक मुलुकमा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । उच्च हिमाली तथा पहाडी जिल्लाका मतदाताले उत्साहपूर्वक मतदान गरेका छन् । मतदाताहरु आज बिहानै तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आतुर भएका थिए । आयोगले बिहान ७ बजेदेखि बेलुका... पुरा पढ्नुहोस
माघदेखि ‘स्मार्ट कार्ड’ राष्ट्रिय परिचयपत्र वितरण गरिने
- 7 बर्ष, 4 महिना अगाडि
- ११ मंसिर २०७४, सोमबार
काठमाडौं, १० मंसिर । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६/६७ को... पुरा पढ्नुहोस
बिहेको ३ दिनमै दम्पतीको मृत्यु
- 7 बर्ष, 4 महिना अगाडि
- १० मंसिर २०७४, आईतवार
काठमाडौं, ९ मंसिर । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको खलंगातर्फ जाँदै गरेको जिप शुक्रबार साँझ मुसिकोट नगरपालिका ६ कालीमाटीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ग१ज ४२६० नम्बरको जिप मध्यपहाडी लोकमार्गमा सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ को... पुरा पढ्नुहोस
प्रचण्डपुत्र प्रकाश दाहालको निधन
- 7 बर्ष, 5 महिना अगाडि
- ३ मंसिर २०७४, आईतवार
काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहालको निधन भएको छ । उनको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको उच्चस्रोतले जनाएको छ । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ । छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड... पुरा पढ्नुहोस
ब्याटल ग्राउन्डमा गगनका प्रत्यासी : भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्
- 7 बर्ष, 5 महिना अगाडि
- १ मंसिर २०७४, शुक्रबार
काङ्ग्रेसका युवा नेता गगन थापाका चुनावी प्रतिस्पर्धी राजन भट्टराईको व्यस्तता कुन हदसम्म छ भनी बुझ्न उनको चुनावी घरदैलोलाई हेर्नुपर्छ । थापाको विजय क्रमलाई रोक्न वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईको दैनिकीमा निकै फेरबदल आएको छ । दैनिकको घरदैलो र भेटघाटले उनको दिनचर्या चुनाव केन्द्रित मात्रै छ । उनलाई दैनिक २४ घण्टाको... पुरा पढ्नुहोस
गौचनलाई गोली हान्ने सुटरसहित पाँच जनालाई प्रहरीले गर्यो सार्वजनिक
- 7 बर्ष, 5 महिना अगाडि
- २८ कार्तिक २०७४, मंगलवार
काठमाडौं, २८ कात्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ। गत असोज... पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन
- 7 बर्ष, 5 महिना अगाडि
- २५ कार्तिक २०७४, शनिबार
काठमाडौं , २५ कात्तिक । नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ । ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवारिक स्रोतले अनलाइनखबरलार्इ जानकारी दियो । पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका... पुरा पढ्नुहोस