मुलुक

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

काठमाण्डाै १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले... पुरा पढ्नुहोस

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाण्डाै १९ साउन । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो... पुरा पढ्नुहोस

एमालेमा महाधिवेशनको प्रस्ताव

१७ साउन, काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको स्थायी कमिटीमा भने विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ ।आइतबार तुलसीलाल स्मृति भवनमा भएको स्थायी कमिटी बैठकले भदौ २७(२८ मा विधान अधिवेशनको प्रस्ताव गरेको महासचिव ईश्वर पोखरेलले जानकारी... पुरा पढ्नुहोस

जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन

काठमाडौँ १६ साउन । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित भएका छन् । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरेको हो । सांसद प्रदीपकुमार यादवका अनुसार संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले नेता चयन गरेको हो । डा। बाबुराम भट्टराईको प्रस्ताव र... पुरा पढ्नुहोस

खिर खाएर साउन १५ मनाइँदै

  म्याग्दी १५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा पौडी खेल्दा बागलुङका दुई बालक बेपत्ता

बागलुङ १४ साउन । पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । अन्य दुई बालक भने बचेका छन् । बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन्... पुरा पढ्नुहोस

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । फागुन २३... पुरा पढ्नुहोस

मुस्ताङको लोघेकर गाउँपालिका कोरोना बिरुद्ध पूर्ण खोप घोषणा

सुन्दरकुमार थकाली जोमसोम १२ साउन । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गरिएको छ । योसंगै देशका ७ सय ५३ वटै स्थानीय तह मध्ये लोघेकर दामोदरकुण्ड गापा कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गर्ने पहिलो बनेको छ । मुस्ताङमा कोरोना बिरुद्ध ५५ वर्षदेखि माथि उमेरका नागरिकले कोभिसिल र... पुरा पढ्नुहोस

जसपा आधिकारिकता विवाद : उपेन्द्रलाई वैधानिकता

  काठमाण्डौ ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता सम्बन्धी विवाद टुंग्याएको छ । आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिदै महन्थ ठाकुरलाई नयाँ नामको अर्को पार्टी गठन गर्न आउन भनेको छ । आयोगको सोमबार बसेको इजलासले जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ गर्दा बहुमत पुगेको भन्दै... पुरा पढ्नुहोस

ओढारमा भेटिए २२ थान एकनाले भरुवा बन्दुक

बागलुङ ११ साउन । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित... पुरा पढ्नुहोस