ताजा अपडेट

म्याग्दीको मराङ सडक सञ्जालमा जोडियो (फाेटाे फिचर)

म्याग्दी, २७ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पु¥याइएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजनाअन्तर्गत बेँसीसम्म सडक मार्ग पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताउनुभयो । दुई... पुरा पढ्नुहोस

मुक्तिनाथको फेदीमा थकाली होमस्टे

के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ । प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास (होमस्टे) मा... पुरा पढ्नुहोस

म्याग्दीअनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार गौतम सम्मानीत

म्याग्दी, २७ वैशाख । म्याग्दीअनलाईन डटकमका संयोजक देवान छन्त्याल र सम्पादक कमल खत्री दुर्गम गाउँ मल्कबाङमा सम्मानीत भएका छन् । ग्रामीण पत्रकारीता मार्फत जिल्लाको सम्भावना र समस्याहरुलाई उजागर गरि विकास निर्माणमा रचनात्मक सहयोग पुर्‍याएको भन्दै म्याग्दी अनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार सन्तोष गौतमलाई सम्मान गरिएको हो । मल्कबाङमा... पुरा पढ्नुहोस

मलेसियामा ६० वर्षे बीएन गठबन्धनको विरासत अन्त्य, विपक्षी दलका माथिर मोहम्मद विजयी

वैशाख २७, २०७५ । मलेसियामा ६० वर्षे बीएन गठबन्धनको बिरासतको अन्त्य गर्दै विपक्षी दलका पूर्व प्रधानमन्त्री माथिर मोहम्मद विजयी हुनुभएको छ । सरकार गठनका लागि आवश्यक १ सय १२ सिटको थ्रेसहोल्ड कटाएर ९२ वर्षिय माथिरले १ सय १५ सिट सुनिश्चित गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। रजाक नेतृत्वको बारिसियन नेशनल बीएन... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक आयोजनाको अन्यौलता हट्यो

म्याग्दी, २७ बैशाख । अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी नजिकैको चित्रे जोड्ने सडक स्तरोन्नतीको लागि डिपीआर तयार पार्ने काम अघि बढेको छ । समुदाय स्तरमा जग्गा सम्बन्धि बिवादको समाधान र जनप्रतिनिधिहरुको पहलले अन्यौलमा परेको आयोजना कार्यान्वयनको बाटोमा अघि बढेको हो । प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाले राष्ट्रिय पुननिर्माण प्राधिकरण... पुरा पढ्नुहोस

उपल्लो मुस्ताङमा बेमौसमी हिमपात

मुस्ताङ, २७ बैशाख । उपल्लो मुस्ताङमा बुधबार राती देखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी बर्षातसंगै बाह्गाउँ मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । बैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बुढापाकाहरुले बताएका छन् । करिब आधा फिट हिउँ जमेको र बिहान सम्म पनी... पुरा पढ्नुहोस

मल्कबाङमा जनजागृति माविको नवनिर्मित भवनको उद्घाटन (फोटो फिचर)

म्याग्दी, २६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप पुननिर्माण गरिएको जनजागृति माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । २०७२ सालको भुकम्पले क्षतीग्रस्त विद्यालय भवन जिल्ला शिक्षा कार्यालयबाट बिनियोजन भएको रु १९ लाख ७५ हजार बजेटमा समुदायको पहलमा स्वदेश तथा विदेशमा रहेका मल्कबाङबासीबाट थप करिब १४... पुरा पढ्नुहोस

मोदी आउने भएपछि मुक्तिनाथमा सरसफाईकाे चटारो

मुस्ताङ, २६ बैशाख ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका लागि मुक्तिनाथ परिसर क्षेत्रमा सरसफाइ गर्ने क्रम जारी छ । त्यसका लागि नेपाल प्रहरी लगायतको टोली दिनरात खटिरहेको छ । प्रधानमन्त्री मोदी वैशाख २८ गते जनकपुर, काठमाडौं हुँदै मुक्तिनाथ दर्शन गर्न पुग्ने कार्यक्रम रहेको छ । तस्विरः रासस   [caption id="attachment_19554"... पुरा पढ्नुहोस

विकास केका लागि? कसका लागि?

अमित ढकाल/ प्राध्यापक जोन पल लेडाराकसँग म एकदिन हिँडिरहेको थिएँ। उनले एउटा ‘सामान्य’ प्रश्न सोधे, ‘तिमीलाई अगाडि हिँड्न केले सघाउँछ?’ उनी बेजोड प्राध्यापक थिए। मेरो ‘विद्यार्थी’ दिमाग तुरुन्तै उनलाई प्रभावित पार्ने उत्तर खोज्न केन्द्रित भयो। मैले जानेका, नजानेका कुरा जोडेर बढो ‘दार्शनिक’ उत्तर दिएँ। उनले ‘भेरी गुड’ भने। जोन पलका लागि... पुरा पढ्नुहोस

अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई सामाग्रीसहित सम्मान

म्याग्दी, २६ बैशाख ।  म्याग्दीको बेनी नगरपालिका–८ को वडा कार्यालयको आयोजनामा बुधबार सदरमुकाम बेनीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई आवश्यक सामाग्रीहरु वितरण गरी सम्मान गरिएको हो । वडाका १० जना अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई डसना, सिरानी र बल्याङ्केट हस्तान्तरण गरी सम्मान गरिएको... पुरा पढ्नुहोस