निस्कोटमा महिला तथा आदिवासी जनजातिरुलाइ प्रशिक्षण
- १० जेष्ठ २०७५, बिहीबार
- 3069 पटक पढिएको
म्याग्दी १० जेठ । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा बुधबार महिला क्षमता बिकास तथा आदिबासी उत्थान १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।वडा कार्यालय एबं महिला तथा जनजाती संजालको सयुक्त आयोजना र नेपाल मगर बिधार्थी संघकि पुर्व केन्द्रीय अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय सचिब एबं बाग्लुङ गलकोट नगर पालिकाकी उपप्रमुख रेनुका काउचा मगरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला अधिकारकर्मि तथा अधिवक्ता निमा गिरिले प्रशिक्षण दिनुभएको थियो ।प्रमुख अतिथि काउचा मगरले नेपालमा महिलाहरुको शैक्षिक क्षेत्रमा केहि परिबर्तन भएपनि आर्थिक सामाजिक राजनितिक तथा प्रशासनिक प्रतिनिधित्वहरुमा न्युन उपस्थिति रहेको र संबिधानमा निर्धारित सिमित समाबेशि आरक्षण कोटामा पनि महिला प्रतिनिधित्वको पुर्ति हुन नसकेको बताउनुभयो ।

महिलाहरु चुलो चौको घरायसि काम तथा समाबेशि आरक्षण कोटामा मात्र सिमित नभइ संघर्षबाट पनि आफ्नो हक अधिकार प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो। प्रशिक्षक गिरिले महिला हक अधिकार सम्बन्धि तथा संविधानमा व्यबस्था भएका कानुनि नियमावलिहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले महिलाहरु अधिकारका लागि आफु नै सक्रिय हुनुपर्ने बताउदै पाएको अधिकारहरु सहि सदुपयोग गर्नपर्नेमा जोड दिनु भयो । उपाध्यक्ष खरमाया बिटालुले समाजमा पृत्रि सतात्मक व्यवस्था अन्त्य भए संगै समाजमा केहि परिबर्तन भएपनि राज्यको हरेक निकायमा उल्लेखिनिय प्रगति हुन नसकेको बताउदै महिलाहरु आफ्नो अधिकारका निम्ति महिलाहरु आफै संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम समापन गर्दै वडा अध्यक्ष एवं आदिबासी जनजाती अभियान्ता टंकप्रसाद पुन मगरले नेपालमा एकात्मक शासन सत्ताले गर्दा महिला तथा आदिबासी जनजातिहरु राज्यको हरेक निकायमा समान प्रतिनिधित्व हुन नसकेको बताउदै आफ्नो अधिकारका निम्ति आफैबाट संघर्ष गर्नुपर्नेमा जोड एवम समाजसेवि भबहादुर पुन मगरले गर्नुभएको थियो भने कार्यक्रममा वडा सदस्य दिलकुमार पुन मगरले स्वागत मन्तव्य व्यक्त गर्नुएको थियो ।

Type a message…
Kharmaya Bitaju le ramro bolnu vayako rahexa.j hos uha adhikarko xetrama anubhabi hunuhunxa.