ताजा अपडेट
चिमखोलामा एकैदिन भुमे र मन्डली पुजा
- 6 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मंगलवार एकैदिन भुमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पुजा गरिएको छ । हरेक बर्ष चैत महिनाको अन्तिम उजेली मंगलवारका दिन परम्परागत रुपमा गरिँदै आईएका उक्त पुजाहरु गरिएको हो । चिमखोला गाउँको शिरमा रहेको ऐतिहाँसिक मन्डली थानमा आयोजित पुजामा आफ्नो मनोकामना पुरा हुने... पुरा पढ्नुहोस
सहकारीद्धारा बिरामीलाई नगद र अनाथ बालबालिकालाई खाद्यान्न सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
बेनी, २० चैत । ६१ औ राष्ट्रिय सहकारी दिवस म्याग्दीमा मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघ, स्थानीय तह र सहकारी संघ संस्थाहरुले कार्यक्रम गरेर दिवस मनाएका हुन् । यसै क्रममा बेनी बचत तथा ऋण सहकारी संस्थाले बेनी अस्पताललाई उपचाररत बिरामीहरुलाई दिवसको अवसरमा आर्थिक सहयोग वितरण गरेको... पुरा पढ्नुहोस
पत्रकार गौतम पुरस्कृत
- 6 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
बेनी, २० चैत । म्याग्दीका पत्रकार सन्तोष गौतम मंगलबार पुरस्कृत हुनुभएको छ । ६१ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले पत्रकारीताको माध्यमबाट सहकारीको विकास र प्रर्वद्धनमा योगदान गरेवापत नगद तिन हजार रुपैया सहित पुरस्कृत गरेको हो । संघले बेनीमा आयोजना गरेको कार्यक्रममा प्रदेश ४ की सामाजिक विकास... पुरा पढ्नुहोस
कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक
- 6 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
काठमाडौं, २० चैत । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा... पुरा पढ्नुहोस
डिप्याक म्याग्दीको वैठक सम्पन्न,सिफो टु म्याग्दीका सवै स्वास्थ्य संस्थामा काम गर्ने
- 6 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
म्याग्दी, २० चैत्र । जिल्ला स्तरिय परियोजना सल्लाहकार समिति (डिप्याक),म्याग्दीको वैठक सम्पन्न भएको छ । युएसएआईडी,मेरि स्टोप्स ईनटरनेशन तथा सुनौलो परिवार नेपाल तथा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सिफोटु) को आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा वैठक सम्पन्न भएको हो । सो अवसरमा सिफोटु म्याग्दीका प्रवन्धक डाक्टर मिलनराज सिग्देलले... पुरा पढ्नुहोस
सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षीत गछौ– मन्त्री पुन
- 6 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
बेनी, २० चैत । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार गृहजिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाहरुको प्रजनन् र सहज रुपमा आमा बन्न... पुरा पढ्नुहोस
बेनी काठमाडौ रुटमा म्याग्दी कोरलाको बस सेवा सुरु
- 6 बर्ष, 9 महिना अगाडि
- १९ चैत्र २०७४, सोमबार
बेनी १९ चैत । धौलागिरी बस व्यवसायी समिति अन्तरगतको म्याग्दी कोरला ट्राभल्स एण्ड मुभर्स प्रा.लीले सोमबार देखि बेनी काठमाडौ रुटमा अत्याधुनीक सुबिधा सहितको बस सेवा सुरु गरेको छ । बेनी र काठमाडौबाट एकैसाथ दुई वटा बस छुटाएर सेवा सुरु गरेको प्रालीले थप चार वटा बस, जिप, माईक्रोबस, ट्याक्सी सेवा समेत... पुरा पढ्नुहोस
नाली नबनाउँदा सडक स्तारोन्नती योजनाको दिगोपनामा चुनौती
- 6 बर्ष, 9 महिना अगाडि
- १९ चैत्र २०७४, सोमबार
बेनी १९ चैत । म्याग्दीका ग्रामिण सडकको स्तरोन्नतीका क्रममा नाली नबनाउँदा योजनाको दिगोपनामा चुनौती देखिएको छ । भिरालो जमिनमा निर्माण भएका सडकको भल व्यवस्थापन गर्ने नाली प्रमुख पूर्वाधार हो । सडकसंग जोडिएका जग्गाधनीको बिरोध, अवरोध, बजेटको कमी र उपभोक्तामा प्राबिधिक ज्ञानको अभावका कारण सडक स्तारोन्नती सम्बन्धि योजनामा नाली... पुरा पढ्नुहोस
बिमका जेष्ठ नागरीकलाई सम्मान
- 6 बर्ष, 9 महिना अगाडि
- १९ चैत्र २०७४, सोमबार
म्याग्दी, १९ चैत । मालीका गाउँपालिका ७ बिमका जेष्ठ नागरीकहरुलाई सोमबार नगद सहित सम्मान गरिएको छ । रुपप्रसाद पुन, दल शेरपुञ्जा लगायतको पहलमा प्रवासमा बसोबास गर्ने बिमबासीहरुको पहलमा स्थापना भएको कोषबाट १०३ जना जेष्ठ नागरीकलाई पाँच सय रुपैयाका दरले नगद सहित सम्मान गरिएको हो । कोषका अध्यक्ष समेत रहनुभएका वडा... पुरा पढ्नुहोस
लालिगुराँसमा रमाउन घोडेपानीमा पर्यटकको चहलपहल बढ्यो (फोटो फिचर)
- 6 बर्ष, 9 महिना अगाडि
- १९ चैत्र २०७४, सोमबार
म्याग्दी १९ चैत । पर्यटकीय यामको सुरुवातसंगै म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग लगायतका क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । बसन्त ऋतुको आगमनसंगै विश्वका विभिन्न देश र नेपालका सहरी क्षेत्रहरुबाट आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढेको अन्नपूर्ण... पुरा पढ्नुहोस