मृगौला पिडित बालकलाई सहयोग

  • २४ असार २०७५, आईतवार
  • साधन राम्जाली
  • 1853 पटक पढिएको

बेनी, २४ असार । म्याग्दीको धौलागिरी गाउँपालीका १ गुर्जाका मृगौला पिडित एक बालकको उपचारका लागि ओमकुमारी शान्ति कोषले आईतबार आर्थिक सहयोग गरेको छ ।

कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत १० वर्षिय रबिन बिकको उपचारका लागि पन्ध्र हजार रुपैया वडा अध्यक्ष झकबहादुर छन्त्याल मार्फत उपलब्ध गराउनुभएको हो ।

१० महिनादेखि दुवै मृगौलामा समस्या देखिएका बालकको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आमा लकदेवी बिकले सहयोगको अपिल गर्नुभएको छ ।

साधन राम्जाली