बाढी पहिरो नियन्त्रणका लागि बृक्षारोपण
- २३ असार २०७५, शनिबार
- 2260 पटक पढिएको
सन्दिप शर्मा /
म्याग्दी, २३ असार । जिल्लाको सदरमुकाम बेनी बजार स्थित क्याम्पस चोक माथिको खैरेनी पाखामा वृक्षारोपण गरिएको छ । क्याम्पसचोक टोल सुधार समिती अन्तर्गत रहेको भलवाढी नियन्त्रण उपभोत्ता समितीको आयोजनामा तथा बेनि नगरपालिकाको सहयोगमा विभिन्न १० प्रजातिका रुखका विरुवा रोपेका हुन् ।
करीब १ किलोमिटर क्षेत्रफमा वाँस, राय खन्नीउ, पिपल, अम्रीसो, निसी लगाएतका १० प्रजातिका करिब एक हजार विरुवाहरु रोपेको सुधार समितिका सचिव ठाकुरप्रसाद शर्माले बताए । बजारको क्याम्पसचोक लागाएतका विभिन्न ठाँउहरुमा वर्षाका कारण वाढी पहिरो आएर वजारलाई पटक पटक असुरक्षित बनाए पछि गतबर्ष वाढी नियन्त्रणका लागि नालि निमार्ण गरिएको र अहिले विभिन्न १४ ठाँउमा चेकड्याम समेत निमार्ण गरिएको छ ।
वृक्षारोण गर्न पुगेका वेनी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवत्ता रामकृष्ण बराईली, वडा सदस्य हिमबहादुर भण्डारीले वृक्षारोपण तथा चेकड्याम निमार्ण भएकोले बाढी तथा पहिरो आउने सम्भावना कम हुने जानकारी बताए । वृक्षारोपण कार्यक्रममा बजारका २५ जनाको सहभागीता रहेको थियो ।