ताजा अपडेट

वेग–बादुक गाउँलाई जोड्ने झोलुङ्गे पुल नेपालकै लामो र अग्लो

  म्याग्दी, २१ वैशाख /म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगखोलामा नेपालकै लामो र अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएपछि बेग र बाँदुक गाउँको तीन घण्टाको बाटो आधा घण्टामा छोटिएको छ । दुइ गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको नेपालको लामो र अग्लो पुलको लम्वाई ३ सय ६५ दशमलब ८० मिटर... पुरा पढ्नुहोस

म्याग्दीका चार जना यातायात व्यवसायी पक्राउ, सवारी साधन नचल्दा जनजीवन प्रभावीत

म्याग्दी, २१ वैशाख । सरकारले यातयात व्यवसायीहरुको लागी ल्याएको नयाँ निर्देशिकाको विरुद्धमा सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका म्याग्दीका यातायात व्यवसायि समितिका नेताहरु पक्राउ पर्न थालेका छन् । आफ्नो व्यवसायिक संस्था मातहतका सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका समितिका नेताहरुलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन बमोजिम म्याग्दीमा चार जनालाई... पुरा पढ्नुहोस

थप आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान

म्याग्दी, २१ बैशाख । प्रवासीहरुको अगुवाईमा म्याग्दीका थप आठ विद्यालयमा आधुनिक प्रबिधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो । तेस्रो चरणमा किसानी मावि बिम, राष्ट्रिय मावि नेप्टेचौर, जनप्रिय आधारभुत विद्यालय... पुरा पढ्नुहोस

समितिका गाडी ग्यारेजमा थन्किएपनि कम्पनी र निजी गाडीले सेवा दिए

बेनी, २१ बैशाख । सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । म्याग्दी जिप तथा बस ब्यवसायी, धौलागिरि, पृथ्वी, म्याग्दीकाली, म्याग्दी ट्याक्सी व्यवसायी लगायत यातायात ब्यवसायी समिति सम्बद्ध व्यवसायीले बिहानैदेखि सार्वजनिक सवारी साधन सञ्चालन नगरेपछि यात्रु मर्कामा परेका हुन् ।... पुरा पढ्नुहोस

शिख माविमा समुदाय, सरकार र दाताहरूकाे लगानीमा पूर्वाधार निर्माण धमाधम

म्याग्दी, २१ वैशाख । म्याग्दीकाे उत्तरी   अन्नपूर्ण गाउँपालिका –५ मा रहेको शिख माध्यमिक विद्यालयमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । स्थानीयबासी, प्रवासी र सरकारी निकायको लगानीमा भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने शिखको सामुदायीक विद्यालयमा सुबिधा सम्पन्न भवन, खेलमैदान लगायतका पूर्वाधार निर्माणले तिब्रता पाएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने... पुरा पढ्नुहोस

घराम्दीमा ऐतिहासिक सुनधाराको संरक्षण

म्याग्दी, २१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ऐतिहासिक पहिचान झल्कने ढुंगेधाराको संरक्षण गरेका छन् । आधुनिक समाजको विकास क्रमसँगै कुनै समय गाउँबस्तीमा खाने पानी आपूर्तिको स्रोतको रूपमा रहेको ढुंगेधाराको जीर्णोद्धार गरेर व्यवस्थित बनाइएको थियो । प्रवासमा रहेका युवाको पहलमा आर्थिक स्रोत जुटाएर स्थानीय... पुरा पढ्नुहोस

‘हाम्रो झिँ गाउँ’ गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २० वैशाख । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँको रुपमा चिनिएको म्याग्दीको रघुगंगा गाउँपालिका –५ मा अवस्थित झिँ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । मगर समुदायको बाहुल्यता रहेको सुन्दर बस्ती झिँलाई गित र म्युजिक भिडियो मार्फच चिनाउनको लागि ‘हाम्रो झिँ गाउँ’ बोलको चिनारी गितलाई म्युजिक भिडियो... पुरा पढ्नुहोस

म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने

बेनी २० बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने भएको छ ।म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सुन्तला जोन कार्यक्रम सञ्चालनका लागि भुमि व्यवस्था तथा कृषि विकास मन्त्रालयले बिहीबार म्याग्दीमा कार्यालय स्थापना गर्ने निर्णय गरेको प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापाले जानकारी दिनुभयो । सुन्तलालाई बिशिष्टीकृत बाली... पुरा पढ्नुहोस

म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरु बजेटमा समावेश नभएको भन्दै साँसद केसीद्धारा संसदको ध्यानकर्षण

म्याग्दी, २० वैशाख । म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश नम्बर ४ को सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरुलाई उपेक्षा गरिएको भन्दै संसदको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको संसद बैठकमा सरकारले ल्याएको निती तथा कार्यक्रम माथि धारणा राख्दै साँसद केसीले आर्थिक समृद्धि र भौतिक पूर्वाधार... पुरा पढ्नुहोस

युवालाई उद्यमी बनाउन सिप विकास तालिम

प्रताप बानियाँ /म्याग्दी, बैशाख २० – युवालाई सिप विकाससम्बन्धी तालिम दिएर उद्यमी बनाउने उद्देश्यले तीन महिने सिप विकासका लागि सिलाइकटाई तालिम सुरु भएको छ । राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको जिल्ला युवा समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्माले... पुरा पढ्नुहोस