ताजा अपडेट
साउदीमा म्याग्दीका दुई जना सहित ५ जना अल्पत्र
- 6 बर्ष, 5 महिना अगाडि
- २१ भाद्र २०७५, बिहीबार
बेनी, २१ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका २ जना सहित ५ जना युवाहरु अल्पत्र परेका छन् । २ बर्ष अघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदविर घर्ति सहित सिन्धुपाल्चोकका २ र बर्दीयाका १ जना युवाहरु कम्पनीको दुव्र्यवहारको कारण अल्पत्र परेका हुन्... पुरा पढ्नुहोस
गौश्वारा मेला सम्पन्न
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
म्याग्दी, २० भदौ । बेनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक क्लबले आयोजना गरेको विविध कार्यक्रम हरु भब्य का साथ सम्पन्न भएको छ । साँसद विनोद केसीले उद्घाटन गर्नुभएको सो खेलकुद एवम साँस्कृतिक मेलामा विविध प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । भाद्र १५ देखि १९ गते सम्म आयोजित विविध खेलकुद तथा... पुरा पढ्नुहोस
हिमाल आरोहण खुल्ला गर्न माग
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
म्याग्दी २० भदौ । म्याग्दीका धवलागिरी गाउँपालिका १ गुर्जा स्थित हिमालहरुमा आरोहण खुल्ला गर्न माग गरिएको छ ।वडा पालिकाको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहणका लागि खुल्ला गर्न माग गर्ने निर्णय गरेको हो । वडा अध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जाका हिमालहरुमा सरकारले वि.स २०५२ देखि आरोहण बन्द... पुरा पढ्नुहोस
काफलडाँडामा श्रमदानबाट पदमार्ग
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
म्याग्दी २० भदाै । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्ग अन्तरगत करबाकेली देखि फुलबारी खण्डको जंगलमा पैदलमार्ग निर्माण गरेका हुन् । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाहरुले श्रमदान गरेर तिन किलोमिटर पदमार्ग निर्माण गरिएको समितिका रवी गर्बुजापुनले जानकारी दिनुभयो । ... पुरा पढ्नुहोस
धवलागिरीकी अध्यक्ष पुनलाई मातृशोक
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
बेनी २० भदौ । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनलाई मातृशोक परेको छ । धवलागिरी गाउँपालिका ४ खिवाङ निवासी पुनकी आमा देवीकाको मंगलबार ९० वर्षको उमेरमा निधन भएको हो । स्वासप्रस्वास सम्बन्धि समस्याको बिरामी पुनको निवासमै निधन भएको हो । उहाँलाई पोखराको अस्पतालमा लामो समय उपचार गराएपछि केही दिन अघि हेलीकप्टर... पुरा पढ्नुहोस
भुरुङ तातोपानीको वडा समितिद्धारा दुख व्यक्त
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
बेनी २० भदौ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीको गाडापानी टोल विकास समितिका अध्यक्ष बमबहादुर पुर्जा कालीगण्डकीमा वेपत्ता भएको घटनाप्रति मंगलबार बसेको वडा समितिको बैठकले दुख व्यक्त गरेको छ । उपचारका लागि बेनी आउने क्रममा सोमबार भिरकाटेमा पहिरोले अवरुद्ध बनाएको सडक हिडेर पार गर्ने क्रममा चिप्लीएर कालीगण्डकीमा खस्दा पुर्जा वेपत्ता... पुरा पढ्नुहोस
रेडक्रस दिवसमा विद्यालयमा सरसफाई
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
म्याग्दी, २० भदौ । ५६औं नेपाल रेडक्रस दिवसको अवसर पारेर मङ्गलबार पौलस्त्य माध्यमिक विद्यालय परिसर भीरमुनीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजना र विद्यालय तथा युवा रेडक्रस सर्कलको सहआयोजनामा विद्यालयमा सरसफाई गरिएको हो । रेडक्रस दिवसको अवसरमा विद्यालय परिसरमा गरिएको सरसफाई कार्यक्रममा रेडक्रसका पदाधिकारी,... पुरा पढ्नुहोस
सांसद केसीले प्रदेश सभालाई भावुक बनाए
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
पोखरा २० भदौ । गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर म्याग्दीका सांसद बिनोद केसीले गरिवी र पारीवारीक बिखण्डनको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बेनपा ६ की पुजा खत्री र भरालेका सुकुम्बासी सिता बानियाका परिवारको उदाहरण दिदै सांसद केसीले गरिबी र पारिवारीक बिखण्डनले बालबालिकामा पारेका असरको... पुरा पढ्नुहोस
बेनीमा २५ जनाले गरे रक्तदान
- 6 बर्ष, 5 महिना अगाडि
- १९ भाद्र २०७५, मंगलवार
म्याग्दी, १९ भदौ । ५६ औँ नेपाल रेडक्रस दिवसको अवसरमा म्याग्दीमा २५ जनाले रक्तदान गरेका छन् । विभिन्न सामाजिक कार्यमा सक्रिय हाइपर क्रु नेपाल म्याग्दीले मंगलवार आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका २५ जनाले रक्तदान गरेको संस्थाका म्याग्दी अध्यक्ष अनुप बानियाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै रेडक्रस म्याग्दीका सभापती लेख बहादुर... पुरा पढ्नुहोस
बर्खमा सधै उस्तै गलेश्वर– राखु सडक
- 6 बर्ष, 5 महिना अगाडि
- १९ भाद्र २०७५, मंगलवार
म्याग्दी १९ भदाै । दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक हिउदँमा सुधार भएपनि बर्खमा सधै उस्तै सास्तीपुर्ण हुने गरेको छ ।े एक दशक वितिसकेको रघुगंगा गाउँपालिकाको–३ पिप्लेको गलेश्वरदेखि पिप्ले, भगवती हुँदै बेखखोलाको सडकमा स्तरोन्नतीको लागि करोडौ खर्च भएपनि सवारी साधन र यात्रुलाई बर्खमा सास्तीपुर्ण भएको हो । गाउँपालिकाको केन्द्र... पुरा पढ्नुहोस