मल्कबाङ्गमा भारी हिमपात
- १२ माघ २०७५, शनिबार
- 2736 पटक पढिएको
म्याग्दीका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो । शुक्रबार साँझदेखि जिल्लाको अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ। हिउँ परेपछि किसान भने हर्षित भएका छन् । हिउँ पर्दा खेतीपाती राम्रो हुने भएपछि किसान खुसी भएका हुन् । यद्यपि,वृद्धवृद्धा, बालबालिकालाई भने हिउँले गर्दा अप्ठ्यारो बनाएको छ। हिउँ परेसँगै चिसो बढेपछि धेरै ठाउँको जनजीवन प्रभावित भएको छ। धौलागिरी गाउँपालिका-५ मल्कबाङ्ग, मलम्पार र भेडीखाल्टामा पनि हिजो राती देखि परेको हिमपातले जनजीवन कष्टकर वनेको छ।