ताजा अपडेट

मुस्ताङमा पर्यटकको घुइँचो

बेनी, ७ कात्तिक । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा दशै– तिहारको विचमा पर्यटकको ओइरो बढेको छ । पर्यटकको आवागमन बढेपछि मुस्ताङ घुम्ने पर्यटकले म्याग्दीको सदरमुकाम बेनी र बेनी– जोमसोम अन्तरर्गत तातोपानी, घासाँ र जोमसोमसम्मका होटल तथा लज भरिभराउ भएका छन् । बेनीका ५० भन्दा बढी होटल र मुस्ताङका २ सय... पुरा पढ्नुहोस

मुटुरोग पिडित सपनालाई मिजार समाजद्धारा आर्थिक सहयोग

बेनी, ७ कात्तिक । मुटु,पित्त र कलेजोमा गम्भिर समस्याबाट पिडित भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ । शहिद गंगालाल अस्पतालमा मुटु र पित्त तथा टिचिङ अस्पतालमा कलोजोको सल्यक्रिया पश्चात नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराईरहेकी १३ बर्षिया मिजारको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले मिजार... पुरा पढ्नुहोस

बेनी–मल्लाज पदमार्गले जोडियो

बेनी ७ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीको कालीपुल देखि पर्वतको जलजला गाउँपालिकाको मल्लाज पक्कि पदमार्गले जोडिएको छ । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग बनेपछि स्थानीयबासीलाई आवत जावतमा सहज हुनुका साथै पर्यटन विकासमा सघाउ पुगेको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुल देखि डिलफाँट हुदै मल्लाजको ऐतिहाँसिक... पुरा पढ्नुहोस

मुस्ताङमा पेस्तोल बरामद

मुस्ताङ ६ कात्तिक । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँमा पसेका चोरको समूहले फालेको कतुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथबाट गस्तीमा गएको प्रहरी टोलीले लखेट्ने क्रममा चार÷पाँच जनाको समूहमा रहेका युवाहरुको समूहले साथमा... पुरा पढ्नुहोस

स्थानीयको वेवास्ताका कारण ज्यामरुककोटको ऐतिहाँसिक र प्राकृतिक सम्पदा प्रयोग विहिन

म्याग्दी, ६ कात्तिक। पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित पर्यटकीय,जैविक र सांस्कृतिक सम्भावनाले युक्त रमणीय स्थल ज्यामरुककोट स्थानीयको वेवास्ता र संरक्षणको अभावमा वत्तिमुनिको अध्याँरो जस्तै बनेको छ । बेनीबजारदेखि करिव डेढ घण्टाको पैदल दुरीमा पर्ने ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् । ज्यामरुककोटको... पुरा पढ्नुहोस

बृद्धभत्ता नपाएपछि दशैं खल्लो : सुविधाका नाममा सास्तीभएको ज्येष्ठ नागरिकहरुको गुनासो

म्याग्दी, ६ कात्तिक । म्याग्दीका जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकसम्म जान नसकेपछि खर्चको अभावमा दशैं खल्लो बनेको बताएका छन् । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने झन्झटिलो प्रक्रियाका कारण जेष्ठ नागरिक र असक्तहरुले बैंकसम्म प’गेर भत्ता बुझ्न नसक्दा खर्चको अभावमा दशैं खल्लो बनेको प्यारालाइसेसबाट ग्रस्त बेनपा २ का... पुरा पढ्नुहोस

चौथो अर्थुङ्गे कप सुरु

बेनी ५ कात्तिक । बेनी नगरपालिका ६ अर्थुङ्गेमा सोमबारदेखि चौथो अर्थुङ्गे कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।अर्थुङ्गे युवा क्लवले वडादशै पर्वको अवसरमा आयोजना गरेको खेलकुद प्रतियोगिताको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका हुन् । कार्यक्रममा संघीय सांसद थापा, गण्डकी प्रदेशका सांसद बिनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र... पुरा पढ्नुहोस

गाडीको अभावले दशै मनाएर कर्मथलो फर्कनेहरुलाई सास्ती

बेनी ५ कात्तिक । यात्रुको चाप अनुसार सार्वजनिक सवारी साधनको ब्यवस्था नहुँदा म्याग्दीका सर्वसाधारणलाई दसै मनाएर कर्मथलो फर्कन समस्या भएको छ ।ग्रामिण क्षेत्रदेखि सदरमुकाम बेनी र बेनी देखि पोखरा, काठमाडौ, भैरहवा, नारायणघाट लगायत लामो दुरीमा छुट्ने सवारी साधन अभाव भएपछि यात्रुहरु समस्यामा परेका हुन् । ट्याक्सी, जिप, माईक्रोबस र बसको... पुरा पढ्नुहोस

लोप्रे गाउँको म्युजिक भिडीयो

बेनी ५ कात्तिक । जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल मार्फत... पुरा पढ्नुहोस

भक्तजनको भिड

भगवती, ५ कात्तिक । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा रहेको भगवती कोतमन्दिरमा महानवी पर्वको अवसरमा पुजाआजा गर्नका लागि भक्तजनहरुको भिड लागेको थियो । भगवती कोतमन्दिरमा पुजाआजा, सरकारी रागो हानेमा भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहदै आएको छ । महानवमी दिनमा तिन हजार भन्दा बढी भक्तजनहरुले पुजाआजा तथा... पुरा पढ्नुहोस