प्रथम रुइसे रनिङ कप हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • २४ फाल्गुन २०७५, शुक्रबार
  • 2266 पटक पढिएको

म्याग्दी २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिजलगाउँ (रुइसे टोल)  मा रहेको न्यु जेनेरेशन युथ क्ल्बको आयोजनामा प्रथम रुइसे रनिङ कप कक्षा ५ सम्मको आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रावर सम्पन्न भएको छ । अन्न पुर्ण आधारभुत विद्यालयको सहआयोजनामा सम्पन्न प्रतियोगितामा साझापानीमा रहेको देउराली देउराली आधारभूत विद्यालय प्रथम, अमर सिंह आधारभूत बिद्यालय रानीपौवा द्धितिय र नर्थ स्टार इङलिस बोर्डिङ स्कुल भगवती तृतिय हुन सफल भएका छन् ।

विभिन्न ९ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रथम विद्यालयलाई रनिङ कपको साथमा नगद रु ३००० बराबरको स्टेसनरी सामग्री द्धितिय हुनेलाई रु २ हजार र तृतिय हुने विद्यालयलाई रु १५ सय बराबरको स्टेशनरी सामाग्री सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
क्लब अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तिधाम मावि स्रोत केन्द्रका पूर्व स्रोत व्यक्ति दुतबहादुर गर्वुजाले युवा क्लबले बालबालिकाहरुको बौद्धिक प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजना गर्नु उदाहरणीय कार्य रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

अन्नपूर्ण आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष करण भण्डारीको बिशेष उपस्थिती रहेको कार्यक्रममा शिक्षक दिर्गदत्त शर्माले स्वागत र क्लबका सचिब रामजी भण्डारीले सञ्चालन गर्नुभएको थियो । यस क्लबले खेलकुद , सास्कृतिक र सामाजिक कार्य हरु गर्दै आइ रहेको छ । आगामी चैन १९ गतेदेखि विविध खेलकुद प्रतियोगिता सञ्चाल गर्ने क्लबले जनाएको छ ।

कक्षा ५ सम्मका बालबालिकाहरुको सिकाइ उपलब्धि वृद्धि गर्न सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको र यसलाई निरन्तर दिदै आगामी बर्ष थप कार्यक्रम सञ्चालन गर्ने क्लब सदस्य गकुल भण्डारी ले जानकारी दिनुभयो ।