ताजा अपडेट

लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान, १८ पिन्ट रगत संकलन

लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ । सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका... पुरा पढ्नुहोस

एमाले म्याग्दीका नवनिर्वाचित पालिका कमिटीलाई अभिमुखिकरण 

  म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रमको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो । उहाँले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमले नेता तथा कार्यकर्ताहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा... पुरा पढ्नुहोस

खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ । श्रमदानसहित रु एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो ।  आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आँगनको... पुरा पढ्नुहोस

नेपाल आइडलको सिजन फाइभमा म्याग्दीका सन्तोष पुनलाई गोल्डेन माइक

म्याग्दी १० चैत । नेपाल आइडलको सिजन फाइभमा म्याग्दीका सन्तोष पुनले गोल्डेन माइक जित्नुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्दै आउनुभएका पुनले नेपाल आइडलको पोखरा अडिसनमा उत्कृष्ट प्रस्तुती राख्दै गोल्डेन माइक जित्नुभएको हो । काठमाण्डौ बाहिरको अन्तिम अडिसनको रुपमा नेपाल आइडलको पोखरा अडिसन भएको थियो । अडिसनमा म्याग्देली गायक... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक सहयोगमा शिक्षा शास्त्र सङ्काय अन्तर समूहको बीचमा हाजिरी जवाफ गरिएको हो । हाजिरी जवाफ प्रतियोगितामा सामान्यज्ञान, स्थानीय तथा बौद्धिक परीक्षण, शिक्षा सम्बन्धी आधारभूत ज्ञान, भिडियो... पुरा पढ्नुहोस

बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी, ९चैत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रव झाले... पुरा पढ्नुहोस

गण्डकीको बाह्र सय हेक्टरमा डढेलो,कास्कीपछि सबैभन्दा बढी म्याग्दीमा लाग्याे डढेलाे

गण्डकी, चैत ९ । गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार २१५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ । “मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा... पुरा पढ्नुहोस

द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम

म्याग्दीको सदरमुकाम बेनीमा हिजो (बिहीबार) द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा तालिम सञ्चालन गरिएको हो । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित दुई दिनसम्म चलेको तालिममा... पुरा पढ्नुहोस

बेनीमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईयो 

  म्याग्दी । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले बेनीमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरि ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाएको छ । विहिबार जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचाल (रितु) ले उद्घाटन गर्नुभयो । उहाँले दलितको हक र अधिकारका निम्ती छुट्टै... पुरा पढ्नुहोस

५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

म्याग्दी, ८ चैत ।  गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण गरेको छ । ट्रष्टले ठेक्का सम्झाैता भएका यी खानेपानी आयोजना निर्माण गरेकाे हाे । देशभरमा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताए ।... पुरा पढ्नुहोस