ताजा अपडेट
नयाँ अभ्यास सहित सम्पन्न भयो मोना कतारको साँस्कृतिक कार्यक्रम (फोटो फिचर)
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
म्याग्दी, १५ वैशाख । हरेक औपचारिक कार्यक्रमहरुमा मन्तव्य र आसन ग्रहणमा लामो समय खर्चिने परिपार्टीको विकास भैरहेको सन्र्दभमा कतारमा सम्पन्न मोना कतारको साँस्कृतिक कार्यक्रमले भने नयाँ अभ्यासको थालनी गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको बहुउदेश्यीय अक्षयकोष स्थापना गर्ने उदेश्यले आयोजना गरेको बृहत चौथो... पुरा पढ्नुहोस
जनसम्पर्क समिति पोर्तुगलका उपाध्यक्ष केसीको पहलमा दृष्टिविहिन विद्यार्थीलाई आर्थिक सहयोग (फोटो फिचर)
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
म्याग्दी, १५ वैशाख । पोर्तुगलमा व्यवसाय गर्दै आउनुभएका म्याग्दीका एक युवाले ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई रु ६५ हजार सहयोग जुटाउनुभएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भइ हाल पोर्तुगलमा रहनुभएका ओकिल केसीले मौवाफाँटमा रहेको सो स्रोत कक्षालाई सहयोग जुटाउनुभएको हो । पोर्तुगलमा केसीले सञ्चालन गर्नुभएको रोजगारदाता कम्पनी... पुरा पढ्नुहोस
गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलनद्धारा पाँच बुँदे घोषणापत्र जारी
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
पोखरा, १४ वैशाख । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ । मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारमाथि... पुरा पढ्नुहोस
बंगुरपालन तालिम सम्पन्न
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
बेनी १५ बैशाख । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार व्यवसायिक बंगुरपालन तालिम सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिममा मालिका र धवलागिरी गाउँपालिकाका ३० जना कृषकहरुको सहभागिता थियो । तालिमको केन्द्रका प्रमुख पशु चिकित्सक जिवनप्रसाद आचार्य, पशु सेवा... पुरा पढ्नुहोस
झाँक्रीपानीमा मंगलाका जनप्रतिनिधि र कर्मचारीको तालिम
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
सिजन रोका, झाँक्रीपानी १५ बैशाख । मंगला गाउँपालिका ३ मा रहेको पर्यटकीय स्थल झाँक्रीपानिमा शनिबारदेखि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा मंगला गाउँपालिकाका ५२ जना जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको छ । जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा... पुरा पढ्नुहोस
रिलायन्स लाईफ इन्सुरेन्सद्धारा स्वर्गिय हरि चोखालको परिवारलाई विमा रकम हस्तान्तरण
- 6 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७६, शनिबार
म्याग्दी, १४ बैशाख । रिलायन्स लाईफ इन्सुरेन्सद्धारा म्याग्दीको बेनी नगरपालिका–९ कुवागैरा स्थित स्वर्गिय हरी चोखालको परिवारलाई विमा रकम हस्तान्तरण गरिएको छ । बेनी शाखाले शनिबार स्वर्गिय हरि चोखालका घरमा पुगेर विमा बापत पाउने दुई लाख रुपैया रकम परिवारलाई हस्तान्तरण गरिएको हो । स्वर्गिय चोखालले रिलायन्स लाईफ इन्सुरेन्समा पहिलो किस्ता... पुरा पढ्नुहोस
समाजसेवी चन्द्रकुमार केसी सम्मानीत
- 6 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
म्याग्दी, १३ बैशाख । सामाजिक क्षेत्रमा क्रियाशिल चन्द्रकुमार केसी सम्मानीत भएका छन् । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि १ नेपालको सातौ बार्षिक अधिवेशनबाट समाजसेवी केसी सम्मानीत भएका हुन् । सामाजिक क्षेत्रमा गरेको योगदानलाई उच्च मूल्याकंन गर्दै केसीलाई लायन्सले अन्तराष्ट्रिय मेडल र सम्मानपत्रद्धारा सम्मान गरेको हो । केसीले ९ महिनाको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक स्तोरोन्नतीमा ढिलासुस्ती
- 6 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
धिरन खत्री, म्याग्दी, १३ बैशाख । पर्यटकिय र ब्यापारिक केन्द्रको प्रचुर सम्भावना भएको मुस्ताङमा कालिगण्डकी करिडोर अन्तर्गत बेनी– जोमसोम सडक आयोजना निर्माण कार्यमा ढिलासुस्ती देखिएको छ। प्रदेश ४ को “लाईफ लाईन” मानिएको ४३५ किलोमिटर दुरीको त्रिवेणी–कोरला जोड्ने कालीगण्डकी कोरीडोर सडक योजनामा निर्माण काम भईरहेपनि पुर्वाधार निर्माणमा ढिलासुस्तीले समयमा काम सम्पन्न... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग
- 6 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
म्याग्दी १३ वैशाख । बेनीका एक व्यवसायिले आफ्नो जन्मदिनमा रु २२ हजार बढी सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका सुविन श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा म्याग्दी बालगृह र बालमन्दिर आधारभुत विद्यालय कालिपुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । उहाँले बालगृहका ११ जना... पुरा पढ्नुहोस
दिवंगत बुबा आमाको स्मृतिमा रु ५ लाखको ‘खडानन्द केशरकुमारी स्मृति प्रतिष्ठान’
- 6 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
म्याग्दी, १३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी इन्जीनियर चन्द्र कुमार सुवेदीको परिवारले आफ्नो दिवंगत बुबा आमाको स्मृतिमा रु ५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गीय बुबा खडानन्द र आमाहरु केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरि रु ५ लाख राशिको... पुरा पढ्नुहोस