बिमा दावी रकम भुक्तानी
- १ श्रावण २०७६, बुधबार
- 2077 पटक पढिएको
बेनी १ साउन । नेपाल लाइफ इन्सोरेन्स कम्पनी लि. बेनी उपशाखाले बुधबार बिमितका परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।कम्पनीका बिमित जलजला गाउँपालिका १ बाँसखर्कका थम दर्जीका परिवारलाई मृत्यु दावी बिमा रकम वापतको एक लाख २६ हजार रुपैयाँ उपलब्ध गराएको हो । गत चैत १२ गते दिवंगत हुनुभएका दर्जीले एक लाख रुपैयाँ बराबरको बिमा गर्नुभएको थियो ।
चार किस्ता भुक्तानीको बोनस र बिमा वापतको रकम कम्पनीका उपशाखा प्रमुख प्रकाश रेग्मी, अभिकर्ता टंक हमालले दर्जीकी श्रीमती गिता केडीलाई हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन कम्पनीकी कर्मचारी रश्मि रोकाले गर्नुभएको थियो ।