म्याग्दीका अभिषेक कटुवाल मलेसियामा हुने ओपन टेकवान्डो च्याम्पियनसिप खेलमा छनोट

  • २ श्रावण २०७६, बिहीबार
  • 4373 पटक पढिएको

म्याग्दी, २ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका अभिषेक कटुवाल मलेसियामा हुने ओपन टेकवान्डो च्याम्पियनसिप खेलमा छनोट भएका छन् । टेकवान्डो च्याम्पियनसिप अन्तर्गत ४६ केजी तौल समुहमा काठमाण्डौमा रहेको महर्षी स्कूलबाट सो खेल्न छनोट भएका हुन् ।


१५ बर्षिय अभिषेष्क कटुवालसहित ७ जनाको टोली साउन ४ गतेबाट ३ दिनसम्म हुने टेकवान्डो प्रतियोगितामा प्रतिस्पर्धा गर्न मलेसियातर्फ आज जादै छन् ।
अध्ययनको शिलशिलामा काठमाण्डौ बस्दै आएका कटुवाल विद्यालयस्तरबाट विभिन्न क्षेत्रमा सहभागि भएर पुरस्कार जित्दै आएका छन् ।


काठमाण्डौ उपत्यकामा भएका विद्यालयहरुविच भएको प्रतिस्पर्धामा उत्कृष्ट खेल कौशल प्रर्दशन गदै मलेसियामा हुने प्रतियोगितामा छनोट भएको उनका बुवा तुलबहादुर कटुवालले जानकारी दिए । साथै सिंगापुरमा हुने टेकवान्डो प्रतियोगितामा सहभागि हुने छन् ।