ताजा अपडेट

नेकपा म्याग्दीको सचिवालय गठन

म्याग्दी,१९ साउन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको शनिबार सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण वैठकले ३२ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको छ । पुर्व एमालेबाट १९ र पुर्व माओवादीबाट १३ जनासहित ३२ सदस्यीइ सचिवालय गठन गरेको हो । यसैगरी वैठकले ७ सदस्यीय जिल्ला कार्यालय समिति पनि गठन गरेको छ... पुरा पढ्नुहोस

कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक (भिडियो सहित)

बेनी १९ साउन । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीजका... पुरा पढ्नुहोस

प्रभात प्राविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण

बेनी १९ साउन । मंगला गाउँपालिका–२ सिमलचौरको प्रभात प्राविका विद्यार्थीहरुलाई शनिबार झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशनले ५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको साथमा एक÷एक थान झोला वितरण गरेको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा झोला र शैक्षिक सामग्री वितरण गरिएको... पुरा पढ्नुहोस

स्थानीय तहलाई जिम्मेवार बनाउन खोजिएको मन्त्री थापाको भनाई

सन्तोष गौतम बेनी १९ साउन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गैरसरकारी संस्थाहरुलाई कार्यक्षेत्र अनुसार दर्ता हुने ऐन बनाउन लागिएको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले कार्य क्षेत्र अनुसार स्थानीय तह, जिल्ला, प्रदेश र संघीय सरकारका निकायमा दर्ता... पुरा पढ्नुहोस

ठकेदारले ज्याला नदिएपछि मजदुर आन्दोलित, मिडियामा यस्तो गरे अपिल (भिडियो सहित)

म्याग्दी, १८ साउन । बेनी–जोमसोम–कोरला सडक आयोजनामा मजदुरी गर्दै आएका लाल बहादुर बोहोरा ठेकेदारले ज्याला नदिएपछि समस्यामा परेका छन् । गत वैशाखदेखि यस सडक स्तरोन्नतीमा काम गर्न थालेका जाजरकोट घर भएका बोहोरा सहित करिब २०० मजदुर अहिले आफुले काम गरेको ज्याला बापतको रकम नपाएपछि समस्यामा परेका हुन् । बोहोराले मजदुर... पुरा पढ्नुहोस

पदमार्गले जोडिदै झाँक्रीपानी

  बबियाचौर १८ साउन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि पर्यटकीय स्थल झाँक्रीपानीलाई पदमार्गले जोडिने भएको छ । गाउँपालिकाले अर्मनको पुलचोक देखि गहते नेटा हुँदा झाँक्रीपानी जोड्ने छ किलोमिटर पदमार्ग निर्माण गर्न सुरु गरेको छ । पहिलो चरणमा पुलचोक देखि गहते जोड्ने पदमार्ग निर्माण भइसकेको छ । गाउँपालिकाको तेह्... पुरा पढ्नुहोस

व्यवहारिक शिक्षाको लागि ‘विद्यार्थि र शिक्षक संगसंगै फिल्डमा’

म्याग्दी १८ साउन । पछिल्लो समय बालबालिका किताबि ज्ञानमा मात्रै सिमित हुने र व्यवहारिक शिक्षाबाट बाहिरै रहने समस्या बढिरहेको समयमा बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविले भने विद्यार्थीहरुलाई फिल्ड भिजिट गराउन थालेको छ । दैनिक जिवनयापनका बस्तु तथा सामाग्रीमा समेत बालबालिका अनविज्ञता हुने समस्या हटाउन कक्षागत रुपमा फिल्ड भिजिट गराउन... पुरा पढ्नुहोस

कालिगण्डकी नदीमा १५ दिनदेखि फसेको गोरुको युवाहरुले गरे उद्धार ( भिडियो सहित)

म्याग्दी, १८ साउन । बाग्लुङ नगरपालिका–१२ र पर्वतको फलेबास नगरपालिका ४ को सिमा क्षेत्रमा पर्ने कालिगण्डकी नदीमा बिगत १५ दिनदेखि फसेर अल्पत्र परेको गोरुको उद्धार गरिएको छ । नदीले बगाएर कालिगण्डकी नदीको किनारमा कतैपनि जान नसक्ने ठाउँमा अल्पत्र परेको गोरुको दुई सातापनि म्याग्दी, पर्वत र बाग्लुङका युवाहरुले उद्धार गरेका हुन्... पुरा पढ्नुहोस

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु

  दरवाङ १७ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण खरिद गरेर सेवा सुरु गरिएको हो । अल्ट्रासाउण्ड सेवा सुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैलि, मृगौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग... पुरा पढ्नुहोस

ठुला सडक योजनामा देखिएको ढिलासुस्ती हटाउन ताकेता

म्याग्दी १७ साउन ।  म्याग्दीमा सञ्चालित पूर्वाधार विकास योजनाहरुमा देखिएको ढिलासुस्ती हटाउन निर्माण व्यवसायिहरुलाई ताकेता गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित योजना र कालिगण्डकी करीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत म्याग्दी खण्डमा सञ्चालित योजनाको सन्दर्भमा सरोकारवालाहरुबिच बृहत छलफल गरिएको छ ।  ... पुरा पढ्नुहोस