विप्लव बागलुङका सेक्रेटरी कुँवर फेरि अदालतबाटै पक्राउ
- २३ मंसिर २०७६, सोमबार
- 1936 पटक पढिएको
मंसिर, २३ बागलुङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्ला सेक्रेटरी नविन कुँवर अदालतले रिहा गर्न आदेश दिएलगत्तै पुनः अदालत परिसरबाटै पक्राउ परेका छन्। राज्यविरुद्धको अपराध गरेको आरोपमा गत असोज ७ गते पक्राउ परेका जिल्ला सेक्रेटरी कुँवरलाई बागलुङ जिल्ला अदालतले १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका कुँवर अदालतको आदेशअनुसार धरौटी तिरेर बाहिरिने क्रममा अदालत परिसरबाटै पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले पुनः पक्राउ गरिएको जानकारी दिँदै नेता कुँवरलाई पर्वत जिल्ला पठाइने जानकारी दिए। उनका अनुसार कुँवरको पर्वत जिल्लामा पनि मुद्धा भएकाले छिमेकी जिल्ला पठाउन लागिएको हो।
साभार annapurnapost.com