ताजा अपडेट

बावियाचौरमा संयुक्त बजार अनुगमन ( तस्विर सहित)

जगत बानियाँ बावियाचौर २ असार । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर बजारमा सोमबार संयुक्त बजार अनुमगन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा प्रहरी, बिषयगत कार्यालय र संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा बावियाचौर बजारका विभिन्न ३० वटा पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका चाउचाउ, मिठाई, बेसार, भुजिया, पेय... पुरा पढ्नुहोस

गाउँमा भित्रीएका विकास निर्माण योजनाले रोजगारीको अवसर सिर्जना

बेनी २ असार । ग्रामिण क्षेत्रमा पूर्वाधार निर्माणले तिब्रता पाएपछि गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । सडक स्तरोन्नति, भवन, विद्युत, खानेपानी, सिँचाई, नदी नियन्त्रण, पदमार्ग निर्माण जस्ता पूर्वाधार योजना सञ्चालन गरेपछि स्थानीयबासीलाई भ्याई नभ्याई छ । राजनीतिक र प्रशासनिक पहुँचको कमीले पिछदिएका बस्तीमा अहिले करोडौ बजेटका आयोजना... पुरा पढ्नुहोस

म्याग्दीमा पन्ध्र वटा झोलुङ्गे पुल निर्माण हुँदै

बेनी २ साउन । म्याग्दीका विभिन्न खोलाहरुमा चालू आर्थिक वर्ष २०७५÷७६ मा पन्ध्र वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । एक वटा झोलुङ्गे पुल निर्माण सकिएको छ । बाँकी चौध वटा पुल निर्माणको चरणमा छन् । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक सहयोगमा निर्माण हुन लागेका ती पुलहरुबाट तीन... पुरा पढ्नुहोस

बाबियाचौरमा सार्वजनिक सुनुवाई

बाबियाचौर १ असार । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजिकरणमा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा सुनुवाई गरिएको थियो । गाउँपालिकाले सञ्चालन गर्ने विकास... पुरा पढ्नुहोस

फौजदारी संहिताबारे अभिमुखीकरण

अनील पौडेल बेनी १ असार । युवा सञ्चाल म्याग्दीका सदस्यहरुलाई शुक्रबार लैङ्गिक हिंसामा आधारित फौजदारी संहिताबारे अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्तरगत प्लान इन्टरनेशनलको सहयोगमा सिविन नेपालले आयोजना गरेको कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो । कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष डिपी शर्माले युवाहरु... पुरा पढ्नुहोस

वेष्ट पुलिस अवार्ड बुढालाई

बेनी १ असार । म्याग्दीमा जेठ महिनाको वेष्ट पुलिस अवार्ड बेनी नगरपालिका–९ मा रहेको गलेश्वर प्रहरी चौकीका हवल्दार झलकबहादुर बुढाले पाउनुभएको छ ।  बैशाख महिनादेखि जिल्ला प्रहरी कार्यालयले मासिक रुपमा उत्कृष्ट कार्यसम्पादन गर्ने एक जना प्रहरीलाई वेष्ट पुलिस अवार्डबाट सम्मान गर्न थालेको थियो । सडक तलको पहिरोको जोखिममा रहेको प्रहरी... पुरा पढ्नुहोस

बेनीमा लागुऔषध सहित ६ जना पक्राउ

म्याग्दी १ असार । म्याग्दीमा ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । शनिवार साँझ बेनीका विभिन्न ठाउँबाट लागुऔषध कारोबारमा सक्रिय समुहलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको जनाएको छ । ४ जना युवा र २ युवतिबाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको... पुरा पढ्नुहोस

कलेजोमा घाउ भएकी ७ बर्षिय किन्जल परियारको उपचारमा आर्थिक समस्या ( भिडियाेसहित )

म्याग्दी, ०१ असार । कलेजोमा घाउँ भएकी म्याग्दीको रघूगंगा गाउँपालिका – ३ राखु मालिकाकी ७ बर्षिय किन्जल परियारको उपचारमा आर्थिक समस्या भएको छ । कलेजोमा घाउँसंगै वरिपरि पानी फोका देखिएपछि काठमाण्डौको टिचिङ अस्पतालमा फागुनदेखि उपचार गराईरहेकी परियारलाई थप उपचारका लागि आर्थिक समस्या परेको हो । कलेजोमा घाउँको समस्या देखिएपछि पोखरा... पुरा पढ्नुहोस

मण्डली थानमा समुदायको पहलमा लाखौँ जुटाएर पर्यटन पूर्वाधार निर्माण (फोटो फिचर)

कमल खत्री बेनी, १ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला स्थित ऐतिहाँसिक धार्मिक स्थल मण्डली थानमा समुदायको अगुवाईमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । गुजुमुजुक्क मिलेको मगर समुदायको बाहुल्यता रहेको चिमखोला गाउँको शिरमा रहेको मण्डली थानमा जानको लागि आकर्षक पदमार्ग, थानको संरक्षणको लागि घेराबार लगायतका पूर्वाधार निर्माण गरिएको हो ।... पुरा पढ्नुहोस

संघद्धारा हितकोषबाट सहयोग

बेनी १ असार । म्याग्दी उद्योग वाणिज्य संघले दिवंगत साधारण सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संघले स्थापना गरेको हितकोषबाट व्यवसायी पार्थबहादुर जिसीका परिवारलाई पचहत्तर हजार रुपैयाँ सहयोग गरेको छ । जिसीको गत हप्ता ६१ वर्षको उमेरमा निधन भएको थियो । संघका अध्यक्ष उत्तम कर्माचार्यको नेतृत्वको टोलीले जिसीको घरमा... पुरा पढ्नुहोस