ताजा अपडेट

महिला उद्यम विकास समितिको अध्यक्षमा लक्ष्मी भण्डारी चयन

म्याग्दी १७ मााघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेेेेकाेे महिला उद्यमी विकास समितिको ८ औँ साधारण सभा तथा ६ औँ अधिवेशन सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको छ ।     महिला उद्यम विकास समितिको अध्यक्ष लक्ष्मी कुुमारी भण्डारी कार्की, बरिष्ठ... पुरा पढ्नुहोस

बेनी बजार संरक्षणको काम तत्काल सुरु गर्ने माग

म्याग्दी, १८ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु हुन ढिलाई भएको छ । कालीगण्डकीमा आएको बाढीको कारण बेनी बजार स्थित कालिगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरि बजारलाई उच्च जोखिममा पारेको थियो । बेनी... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २२ औँ पदस्थापना, नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहितको टिमले ग¥र्यो पदभार ग्रहण (तस्विर/भिडियाे)

म्याग्दी, १७ माघ । म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् । कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन... पुरा पढ्नुहोस

भकिम्लीमा काँग्रेसको शक्तिः ‘तरुण दल गठनमा हेलिकप्टरबाट उतारियो केन्द्रिय नेता

म्याग्दी १७ माघ । नेपाली काँग्रेस म्याग्दीले आफ्नो शक्ति संचयमा जोड दिएको छ । ग्रामिण भेगमा समेत जिल्ला र केन्द्रिय स्तरका नेताहरुलाई उतारेर काँग्रेस म्याग्दीले आफ्नो उपस्थितिलाई बलियो बनाउन थालेको हो । शनिवार बेनी नगरपालिका–३ भकिम्लीमा भातृय संगठनको गठनका लागि समेत नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष... पुरा पढ्नुहोस

दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानिय उत्साहित 

थम्मन थापा बागलुङ १७ माघ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन । झण्डै ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य... पुरा पढ्नुहोस

शालीग्राम लघुवित्तको प्रथम साधारण सभा सम्पन्न

म्याग्दी १७ माघ । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाको प्रथम बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । विभिन्न ५ स्थानमा आफ्नो सेवा विस्तार गरिसकेको यस लघुवित्तले रु ६ करोड बढी लगानी गरेको जनाएको छ । साधारण सभामा संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले... पुरा पढ्नुहोस

मोडेल फार्ममा छनौट भएका कृषकलाई अभिमुखीकरण

म्याग्दी १७ माघ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले साना पशुपंक्षी तथा मत्स्य व्यवसायीक फार्म विस्तारका लागि मोडेल फार्ममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण गर्न सुरु गरेको छ । चालु आर्थिक बर्षका लागि विभिन्न कार्यक्रममा अनुदानका लागि छनौट भएका कृषकहरुलाई कार्यालयले समूहगत रुपमा अभिमुखीकरण गर्न सुरु गरेको हो... पुरा पढ्नुहोस

नेपाल विद्युत प्राधिकरण बागलुङले विद्युत सेवा प्रभावकारी बनाउँदै 

थम्मन थापा बागलुङ १७ माघ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादन लाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा न ७ मल्ममा नयाँ ट्रान्सफर्मर  मार्फत विद्युत सेवा सुचारु गरेको छ । विद्युतको माग र वितरण प्रणालीलाई सुधार गरी... पुरा पढ्नुहोस

धवलागिरी आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण सुरु

म्याग्दी १७ माघ । धौलागिरि आइसफल पदमार्गमा जोडिएर संसारको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरी हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरी हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण सुरु भएको हो । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैँसीको... पुरा पढ्नुहोस

संसद विघटनको विरोध र समर्थनमा म्याग्दीका नेताहरुको घम्साघम्सी (भिडियो)

म्याग्दी १६ माघ । म्याग्दीका राजनीतिक दलका नेताचहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको विरोध र समर्थनमा कडा जबाल जबाफ गरेका छन् । नेपाल पत्रकार महासंघ म्याग्दीको सातौँ साधारण सभा कार्यक्रममा अतिथिको रुपमा सहभागी नेपाली काँग्रेसका जिल्ला उपसभापति माधव प्रसाद रेग्मी र नेकपा (प्रचण्ड–नेपाल पक्ष) का नेता बालकृष्ण... पुरा पढ्नुहोस