कालीगण्डकीको किनारमा हिमालको काख भएर मोटर सरर… ( तस्बिर)

  • १४ फाल्गुन २०७७, शुक्रबार
  • 1786 पटक पढिएको

बेनी, १४ फागुन । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बेगखोलामा गुड्दै गरेका जिप र पुष्ठभुमिमा देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य । कालिगण्डकी नदीको किनार नजीक, अग्ला पहाडहरुको खोचमा रहेको बेगखोलामा मोटर चढ्ने पुल नहुँदा सवारी साधनहरु खोलामै वारपार गर्दै आएका छन् ।

बेगखोलामा आएको बाढीले रघुगंगा गाउँपालिका–१ मा पर्ने बेगखोला बस्ती संगै मोटरेवल पुल र सडक बगाएको थियो । त्यसपछि खोलामा ठुलो बगर बनेको छ भने पुल निर्माण योजना अझै अन्यौलमै रहेको छ ।

शब्द/ तस्बिर : कमल खत्री