ताजा अपडेट
भूतपूर्व सैनिक सहकारीको मौवाफाँटमा सेवा केन्द्र संचालन
- 4 बर्ष, 6 महिना अगाडि
- ३१ श्रावण २०७७, शनिबार
म्याग्दी,३१ साउन । बेनीमा रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र संचालनमा ल्याएको छ । रघुगंगा ३ मा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्थासंग हालै एकीकरण गरेको सहकारीले औपचारीक रुपमा शनिबारदेखि सेवा केन्द्र संचालन ल्याएको हो । सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीका... पुरा पढ्नुहोस
मंगलाघाटमा बाढीको बितण्डा : एकदर्जन घरहरुमा क्षति
- 4 बर्ष, 6 महिना अगाडि
- ३१ श्रावण २०७७, शनिबार
म्याग्दी ३१ साउन । बेनी नगरपालिका–७ स्थित मंगलाघाट बजारमा शुक्रबार राती अविरल बर्षासंगै माथिबाट आएको बाढीले एकदर्जन घरसहित विभिन्न पुर्वाधारमा जोखिम बढाएको छ । बेनी–अर्थुङ्गे सडकको भल कुरिलाखर्क र आँपरुख खण्डमा खसेको पहिरोमा मिसिएर मंगलाघाटमा निजी घर, खानेपानी आयोजना, धार्मिक स्थल महारानी थान, सत्यसाइकेन्द्र, खेलमैदान र सडकमा क्षतिसंगै जोखिम बढाएको... पुरा पढ्नुहोस
कतारमा एक कम्पनीले ४ उत्कृष्ट नेपाली कामदारलाई गर्यो पुरस्कृत
- 4 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७७, शुक्रबार
तिलु शर्मा पौडेल /दोहा कतार, ३० साउन । लामो समय देखि कतारमा काम गर्दै चार नेपालीलाई एक स्थानीय कम्पनीले नगदले पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अलि एन्टरप्राइजेजले आफ्ना चार नेपाली कामदारहरूलाई पुरष्कृत गरेको हो । पुरस्कृत हुने नेपालीहरुमा अबीर बहादुर राई, पञ्चे राई, छिरिङ राई र... पुरा पढ्नुहोस
सिन्धुपाल्चोक पहिरो : बेपत्ता ३८ जनाको पहिचान खुल्यो
- 4 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७७, शुक्रबार
काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले पुरिएर हराइरहेका ३८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ,... पुरा पढ्नुहोस
मर्मतपछि गलेश्वरको बेलिब्रिज पुल सञ्चालनमा
- 4 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७७, शुक्रबार
म्याग्दी, ३० साउन । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर स्थित बेलिब्रिज पुल मर्मतपछि संचालनमा आएको छ। गत असार २५ गते रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको एकतर्फको जिप मर्मतपछि पुल सञ्चालन आएको हो ।मर्मतपछि हलुका सवारी साधन सञ्चालनका लागि खुला गरिएको बेनी–जोमसोम सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख अशोक... पुरा पढ्नुहोस
सिन्धुपाल्चोक पहिरो : ३८ जना बेपत्ता, ३७ घर पुरियो
- 4 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७७, शुक्रबार
काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्दारका लागि घटनास्थल... पुरा पढ्नुहोस
सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता
- 4 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७७, शुक्रबार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले जानकारी दिए । पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३०... पुरा पढ्नुहोस
सिलाईकटाईबाट धनबहादुर परियारको जिविकोपार्जन
- 4 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७७, बिहीबार
म्याग्दी, २९ साउन । परम्परागत सिलाईकटाईबाट जिविकापार्जन गरेका दलित समुदाय आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा पेशामा चुनौती बढेको छ । नयाँ पुस्ताले आधुनिक डिजाईन र फेशन खोजपछि परम्परागत प्रविधिबाट कपडा सिलाएर जिविकापार्जन गरेकाहरु जोखिममा परेका हुन् । दलित जातिहरूले गर्दै आएको पछिल्लो समय आर्थिक रूपमा सक्षम दलितसंगै अन्य जातिका नागरिकले... पुरा पढ्नुहोस
पहिरोले क्षतविक्षत मराङको पीडा
- 4 बर्ष, 6 महिना अगाडि
- २६ श्रावण २०७७, सोमबार
म्याग्दी, २६ साउन । धौलागिरि गाउँपालिका– ६ मराङस्थित ७ वर्षको बालक अर्जुन जुग्जाली टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर यताउता दौडिदै दिन विताईरहेका छन् । आमाको न्यानो काँख असार २५ गते आएको बाढी पहिरो खोसेपछि उनी अहिले बाबा धनबहादुर जुग्जालीले काँखमा छन् । अर्जुनलाई... पुरा पढ्नुहोस
फ्रिजी लाईट संस्थाद्धारा पहिरो पीडितलाई २ लाख २५ हजार राहत वितरण
- 4 बर्ष, 6 महिना अगाडि
- २५ श्रावण २०७७, आईतवार
म्याग्दी, २५ साउन । मराङ र विमका बाढीपहिरो पीडितलाई फिजी लाईट संस्थाद्धारा २ लाख २५ हजार रुपैयाको राहत विरतण गरेका छन् । जिल्ला समन्वय समिति म्याग्दीको सिफारिस र लामा राईजन ट्रेक एण्ड एक्सपेडीक्सन पोखराको सहजीकरणमा राहत वितरण गरेको हो । धौलागिरि गाउँपालिका– ६ मराङ र मालिका गाउँपालिका–७ विमका पहिरोबाट उच्च... पुरा पढ्नुहोस