नेदरल्याण्ड्सलाई हराउँदै नेपालले उचाल्यो त्रिकोणात्मक सिरिजको उपाधि

  • ११ बैशाख २०७८, शनिबार
  • 1750 पटक पढिएको

काठमाडौं ११ वैशाख । नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । कुशल मल्लसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।


नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी–२० अन्तराष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो । डच टोलीलाई तीन अंकको स्कोर समेत बनाउन नदिने क्रममा नेपालले यस सिरिजकै उत्कृष्ट प्रदर्शन ग¥यो । नेदरल्याण्ड्सका लागि सेबास्टिएन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । यस्तै म्याक्स ओ डोले २० र कप्तान पिटर सिलारले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सको सुरुवात राम्रो हुन सकेन । नेपारल्याण्ड्सले दोस्रो ओभरमै ओपनर टोबियस भिसेलाई २ रन गुमायो । उनलाई आसिफ शेखले डिरेक्ट हिटमार्फत रनआउट गरे । चौथो ओभरको अन्तिम बलमा बेन कुपर आउट भए । कमल सिंह ऐरीको बलमा उनलाई उनलाई कप्तान ज्ञानेन्ऽ मल्ले उत्कृष्ट क्याच गर्दै आउट गरे । पाँचौ ओभरको पाँचौं बलमा कुशल भुर्तेलले उत्कृष्ट रनआउट गरे । एक रन बनाएका डच बास डेलाई लिड पोइन्टमा रहेका भुर्तेलको डिरेक्ट हिटमा रनआउट भए ।

छैटौं ओभरको चौथो बलमा करण केसीले नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ डोडलाई बोल्ड गरे । १९ बलको समना गरेका ओ डोडले दुई चौका र एक छक्काको मद्दतमा २० रन जोडेका थिए । विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ६ ओभरको पावर प्लेमा ४ विकेट गुमाएर ३७ रन मात्र बनाएको थियो । त्यसपछि पनि नेपाल बलरहरुले नेदरल्याण्ड्सका ब्याट्सम्यानहरुलाई खेलमा फर्किने अवसर नै दिएनन् ।

करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा अविनाश बोहोराका नाममा एक विकेट रहृयो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेका थिए । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।
अनलाइनखवरबाट