ताजा अपडेट

नेकपा (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला भेलाः अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन

म्याग्दी ३० भदौ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । युवा संघको केन्द्रिय राजनीतिमा समेत सक्रिय रहनुभएका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य समेत हुनुहुन्छ... पुरा पढ्नुहोस

जनगणनाका लागि सुपरिवेक्षकहरु घर-घरमा

म्याग्दी, ३० भदौ । राष्ट्रिय जनगणना-२०७८ अनुसार म्याग्दीमा जनगणनाका लागि घर र घरपरिवारको सुचिकरण संकलन सुरु भएको छ । जिल्ला जनगणना कार्यालय म्याग्दीले सुपरिबेक्षकहरुलाई तालिम दिएर भदौ ३० बुधबारदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवारको सूचिकरण गर्न स्ुपरिवेक्षकहरु घरदैलोमा पुग्न सुरु गरेका छन् । जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले भदौ... पुरा पढ्नुहोस

म्याग्दीमा सेतो पुतलीका कारण आँखामा समस्या आउने बढे, पोखरा पुगेका एक युवकको ज्योति गुम्यो

म्याग्दी ३० भदौ । म्याग्दीमा सेतो पुतलीका कारण आँखामा समस्या आउनेको सख्ंया बढेको छ । जिल्लामा बिगत ३ सातायता सेतो पुतलीको कारण आँखामा समस्या आउनेहरुको संख्या बढ्दै गएको जनाइएको छ । आँखा मा उक्त पुतलि को झुस परेमा आँखा को ज्योति नै गुम्न सक्ने खाल को दृष्टिनासक रोग सापु (सिजनल... पुरा पढ्नुहोस

नेकपा(माओवादी केन्द्र) रघुगंगा कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न

म्याग्दी २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रघुगंगा गाउँकमिटिको दोस्रो पूर्ण बैठक मंगलवार सम्पन्न भएको छ । कमिटीका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा बसेको बैठकले असोज पहिलो साता सम्म पार्टी सदस्यता नविकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकले गाउँपालिका कमिटीलाई ५१ सदस्यीयमा विस्तार समेत गरेको छ । त्यसैगरि... पुरा पढ्नुहोस

अखिल(क्रान्तिकारी) रघुगंगाको नयाँ नेतृत्व चयन

म्याग्दी २५ भदौ । माओवादी(केन्द्र) निकट अखिल(क्रान्तिकारी) रघुगंगा गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । प्रथम गाउँपालिका स्तरीय भेलाबाट सन्दीय शर्माको नेतृत्वमा २९ सदस्यीय समिति गठन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा अर्जुन परियार ,द्वितीय उपाध्यक्षमा रीता खत्री,सचीवमा सुवास भण्डारी, सह–सचीवमा राम प्रसाद शर्मा, कोषाध्यक्षमा गोविन्द वस्याल र सह–कोषाध्यक्षमा... पुरा पढ्नुहोस

एमाले म्याग्दीको कार्यकर्ता भेला :‘ अनुशासनहिनहरुले पार्टी विभाजन गराएको सचिब गुरुङको दावि (भिडियो सहित)

बेनी, २५ भदौ । नेकपा एमालेका केन्द्रिय कमिटि सचिब एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा रहेका अनुशासनहिन, अराजक र पटमुर्खहरुले पार्टी विभाजन गराएको बताउनुभएको छ । नेकपा एमाले म्याग्दीले शुक्रवार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले पार्टी विभाजन गर्ने माधव नेपाल लगायतका नेताहरुले पार्टी,... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेस अधिवेशन : पालिका स्तरको नेतृत्वमा युवाकै होडबाजी

म्याग्दी २४ भदौ । नेपाली काँग्रेसको नेतृत्वमा युवाहरुको होडबाजी देखिएको छ । म्याग्दीको वडातहमा भएको अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा पु¥याएको छ । जिल्लाको ४५ वटा वडाहरुमध्ये आधाको हाराहारीमा युवाहरु वडाको सभापतिमा चुनिएका छन् । १८ भदौमा वडा अधिवेशन सम्पन्न गरेको काँग्रेसले भदौ २७ मा गाउँ/नगर पालिकाको अधिवेशन गर्दै छ ।... पुरा पढ्नुहोस

एक हप्तामा खुल्यो अबरुद्ध रहेको बेनी – पोखरा सडक

म्याग्दी, २४ भदाै। गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा-बेनी सडक सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका-८ चुवादेखि मोदी गाउँपालिका-५ को साढे आठ किलोमिटर लम्बाइमा २० वटा पहिरो झरेपछि... पुरा पढ्नुहोस

एकल नृत्य प्रतियोगीतामा खत्री बिजयी

म्याग्दी २४ भदौ । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा संचालन गरिएको एकल अनलाइन खुल्ला नृत्य प्रतियोगीतामा बाग्लुङकी जिबिता खत्री प्रथम हुन सफल हुनुभएको छ । गत साउन १० गते देखि अनलाइन माध्यमबाट सुरु गरिएको ४८ जना सहभागी प्रतियोगीताको पहिलो, दोस्रो, तेस्रो चरणको छनौट पछि बुधबार उत्कृष्ट ५ मा पर्न सफल... पुरा पढ्नुहोस

मुस्ताङमा निषेधाज्ञा हट्यो, पर्यटकलाई कडाइ

मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । [caption id="attachment_48139" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]   अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।... पुरा पढ्नुहोस