ताजा अपडेट

नाङ्गी बराहीमा जनैपूर्णिमा पुजा स्थगीत

बेनी, ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीमा मा अवस्थित पवित्र थार्मिक स्थल नाङ्गी बराही थानमा जनैपूर्णिमा पर्वको अवसरमा हुने विशेषपुजा स्थगीत गरिएको छ । यस बर्ष कोरोना संक्रमणको जोखिमका कारण भदौ ६ गते परेको जनैपूर्णिमाको अवसरमा कुनैपनि पुजा आजा नहुने र सबै पुजाआजा स्थगीत गरिएको पुजा समितिका संयोजक खरबहादुर... पुरा पढ्नुहोस

शिख र सिवाङमा नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र

बेनी, ४ भदौ । गण्डकी प्रदेश सरकारले म्याग्दीका दुई विद्यालयमा बनाउन लागेको नमूना आवासीय विद्यालयको योजना अलपत्र परेको छ । दुई बर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको धवलागिरि गाउँपालिका ७ सिवाङमा रहेको हेम मावि र अन्नपूर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनौट गरि पूर्वाधार निर्माण सुरु... पुरा पढ्नुहोस

बेनीमा फोहोर ब्यवस्थापन प्रभावकारी बन्दै

म्याग्दी, १ भदौँ । म्याग्दीको बेनी नगरपालिकाले बेनीबजारका घरधनीलाई वितरण गरेको बाल्टीन (डसविन)ले कुहिने र नकुहिने फोहोर ब्यवस्थापनमा सहज भएको छ। बेनी नगरपालिकाको वडानम्वर –७ र ८ मा बसोबास गर्नेलाई फोहोर ब्यवस्थापनका लागि डसविन वितरण गरेको हो । बेनी नगरपालिकाले गतबर्ष बजारका घरधनीलाई फोहोर ब्यस्थापनका लागि बाल्टी वितरणले सहयोग पुगेको... पुरा पढ्नुहोस

रिखारमा स्वास्थ्य सावधानी अपनाएर जनैपूर्णिमा पुजा हुने

बेनी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल रिखारमा जनैपूर्णिमाको अवसरमा हुने पुजालाई स्वास्थ्य मापदण्डको पालना गरि निरन्तरा दिईने भएको छ । कोरोना महामारीको कारण अघिल्लो बर्षको पुजा प्रभावित भएपनि यस बर्ष भने स्वास्थ्य सावधानीलाई अपनाएर पुजालाई निरन्तरता गर्ने निर्णय भएको हो । रिखार संरक्षण समितिको... पुरा पढ्नुहोस

ग्यारेजमा ढिस्को खस्दा एक जनाको मृत्यु

बेनी, ३ भदौ । पर्वतको जलजला गाउँपालिकामा– ३ वारीबेनीमा रहेको रारा अटोमोवाईल्सको ग्यारेज माथिबाट खसेको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । ग्यारजेमा बोलेरो जिप मर्मतको लागि आएका म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका ३७ बर्षिय टेकमान गर्वुजाको निधन भएको इलाका प्रहरी कार्यालय वारी बेनीका सइ भरत गौतमले जानकारी दिए । ग्यारेजमा... पुरा पढ्नुहोस

म्याग्दीमा ३६ जना कोरोना संक्रमित पुष्टि

  म्याग्दी, ३ भदौ । म्याग्दीमा ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट २७ जना र एन्टीजेन विधिबाट ९ जनामा कोरोना पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा १८ जना, गाउँपालिका अन्तरगत मंगलामा २ जना, मालिकामा १ जना, धौलागिरीमा १ जना, रघुगंगामा ३ जना, अन्रपुर्णमा १... पुरा पढ्नुहोस

प्रदेश सरकारबाट बजेट कटौती र म्याद थप नहुँदा म्याग्दीका दर्जनबढी योजना अलपत्र

कमल खत्री बेनी ३ भदौ । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रबास भवन निर्माण योजना अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यस योजनामा बजेट अभाबले योजना नै अलपत्र बनेको हो । रु २ करोड लागत अनुमान गरिएको यस योजनामा गत आर्थिक बर्षको अन्तमा रु... पुरा पढ्नुहोस

पहिरोले आवतजावत अबरुद्ध भएपछि राहुघाटको बाँध निर्माण रोकियो

म्याग्दी ३ भदौ । पहुँचमार्गमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो । बुग्लमा करिब ३०० मिटर... पुरा पढ्नुहोस

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

हेटौंडा २ भदौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । एमालेभित्र माधवकुमार नेपाल समूहमा रहेकी उनी नेता नेपालले नयाँ पार्टी दर्ता गरेकै दिन मुख्यमन्त्री नियुक्त भएकी हुन् । नयाँ पार्टी गठनमा नेता नेपाललाई साथ नदिएकी उनलाई एमालेको... पुरा पढ्नुहोस

महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक गठन, राजेन्द्र महतो वरिष्ठ नेता

उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ ।... पुरा पढ्नुहोस