सत्ता गठबन्धनको बैठक बस्दै,एमसीसीबारे निर्णायक छलफल,गठबन्धनकाे समेत छिनाेफानाे ?

  • ५ फाल्गुन २०७८, बिहीबार
  • 860 पटक पढिएको

काठमाण्डाै ५ फागुन । सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो । सोही छलफलपछि प्रधानमन्त्री देउवा बुधबारको संसद बैठकमा एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए । माओवादीले यथास्थितिमा एमसीसी टेबल भए विपक्षमा भतदान गर्ने र सरकारबाट पनि बाहिरिने चेतावनी दिएको छ । माओवादीको चेतावनीपछि देउवा ब्याक हुँदै थप छलफलमा जुटेका हुन् ।

उसो त नेकपा एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा छैन भने गठबन्धनकै दल राष्ट्रिय जनमोर्चा यसअघि नै एमसीसीको विपक्षमा आन्दोलित भइसकेको छ भने जसपापनि एमसीसीबारे विभाजित छ । अाजकाे बैठकलाइ गठबन्धनकाे भविश्यकाे सन्दर्भमा समेत रणनैतिक रूपमा लिइएकाे छ ।