आहा ! दग्नाम गाउँ (तस्वीरमा हेरौँ)

  • ४ फाल्गुन २०७८, बुधबार
  • 1313 पटक पढिएको

म्याग्दी ४ फागुन । रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाम । संस्कृति, पर्यटन र विविधताले भरिएको छ । दग्नाम हुँदै दर्मिजा जाने अजिंगर भिरमा नाग आकारमा सर्पको जस्तै देखिने प्राकृतिक आकृति समेत पर्यटकहरुको लागि आकर्षणको रुपमा रहेको छ । मगर समुदायको बाहुल्यता रहेको यस वडामा पुख्यौली नाच, सोरठी, यानीमायाँ लगायतका मौलिक र लोपउन्मुख संस्कृति पर्यटकहरुको लागि थप अकर्षणको रुपमा रहेका छन् ।

 

दग्नाममा मौवाफाँट हुँदै सडकको सञ्जाल जोडिएको छ । यस गाउँमा लिंगो जुधाउने अनौठो संस्कृति छ । हरेक बर्षको भूमेपुजामा यहाँका दुई गाउँबिचमा अग्ला लिंगो जुधाएर प्रतिस्पर्धा गर्ने पुरानो संस्कृति छ । दग्नाम गाउँको शिरमा नांगीदेवीको थान समेत रहेको छ । अग्लो डाँडामा रहेको यस थानमा सतिदेवीको सत खसेको र पुजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।