ताजा अपडेट

मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा

पर्वत १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीको पर्वत जिल्ला संयोजकमा मोती पौडेल चयन भएका छन् । बुधबार कुस्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो । १५ वर्षसम्म नेकपा एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादी घोषणा भएको हो । भेलामा बोल्दै... पुरा पढ्नुहोस

दुर्गमका जनता महंगीमा : खच्चडको भरमा खाद्यान्न ढुवानी

  म्याग्दी, १७ भदौ । भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ । संघियताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पु¥याएपनि गुर्जामा पुग्न सकेको छैन् । जिल्लाको धवलागिरी गाउँपालिका– १ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका बस्तुहरु खरिदमा चर्को मुल्य... पुरा पढ्नुहोस

रघुगंगाको कोभिड अस्पतालको रुपमा प्रयोग भएको आमासमूहको भवन पहिरोको जोखिममा

बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको भवन पहिरोको जोखिममा परेको छ । गाउँपालिकाले कोभिड अस्पताल सञ्चालन गरेको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित प्रगतिशिल आमा समूहको भवनमाथिबाट खसेको पहिरोले भवन उच्च जोखिममा परेको छ । कोरोनाको दोस्रो लहर चलेपछि गत बैशाखदेखि आमा समूहको भवनलाई गाउँपालिकाले कोभिड... पुरा पढ्नुहोस

अधिवेशनले गाउँ फर्किए काँग्रेस नेताहरु, नेताहरुलाई नै प्रतिनिधि छनौटमा सकस हुनसक्ने

बेनी, १७ भदौ । नेपाली काँग्रेसको भदौ १८ मा हुने वडा अधिवेशनले शहरकेन्द्रित भएका नेता, कार्यकर्ताहरुलाई गाउँ फर्काएको छ । काँग्रेसमा वर्तमान कार्यसमितिको केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था छ । संघ र प्रदेशको पछिल्लो पटकको संसदीय निर्वाचनमा प्रत्येक्ष र समानुपातिकतर्फ उम्मेदवार बनेकाहरुलाई समेत स्वत क्षेत्रीय... पुरा पढ्नुहोस

कक्षा १२ को परीक्षा ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट गर्ने निर्णय

काठमाडौं १६ भदाै । कक्षा १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार स्वास्थ्य... पुरा पढ्नुहोस

म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा विश्व ‘ब्लाइन्ड आइडल’ घोषित

कमल खत्री म्याग्दी १६ भदौ । म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहिन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरुलाई पछि पार्दै विश्व दृष्टिविहिन आइडलको उपाधी हात पार्न सफल हुनुभएको... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसको चुनावी सरगर्मी

कमल खत्री म्याग्दी १६ भदौ ।  नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४ औँ महाधिवेशनको तिथि नजिकिदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । कांग्रेस को केन्द्रिय निर्वाचन कार्यतालिकाअनुसार १८ भदौमा वडा तहको अधिवेशन हुँदै छ । एक संघीय, दुई... पुरा पढ्नुहोस

गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखियो

म्याग्दी १६ भदौ । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । विसं २०७७ फागुन १५ गते भएको कोषको १५ औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना परिवर्तन... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजकमा युवा नेता जुग्जाली चयन

म्याग्दी १५ भदौ । नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जाली(सुविन) चयन हुनुभएको छ । माओवादी आन्दोलनका जुझारु युवा नेता जुग्जाली मालिका गाउँपालिका ७ बिमका वडा अध्यक्ष हुनुहु्न्छ । माओवादीको मंगलबार सम्पन्न गण्डकी प्रदेश कमिटिले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय भएको जिल्ला इन्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।... पुरा पढ्नुहोस

स्थानीय सेवाका कर्मचारीको समायोजनका लागि बेनी नगरपालिकामा विद्येयक पारित

म्याग्दी १५ भदौ । म्याग्दीको बेनी नगरपालिकाले स्थानीय सेवाका कर्मचारीको तह बढाएर समायोजन र ग्रेड बृद्धि गर्न विद्येयक पारित गरेको छ । मंगलवार सम्पन्न बिशेष नगरसभाले स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मत रुपमा पारित गरेको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा शुसासन... पुरा पढ्नुहोस