गलेश्वर मन्दिरमा शिवरात्रीमा संकलित भेटी सार्वजनिक

  • १८ फाल्गुन २०७८, बुधबार
  • 707 पटक पढिएको

म्याग्दी, १८ फागुन । शिवरात्री पर्वमा बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा ३ लाख ५३ हजार ८७ रुपैयाँ भेटि संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार गलेश्वरधाममा दर्शन र पुजाआजा गर्न आएका भक्तजनहरुले चढाएको भेटिबाट सो रकम संकलित भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिईन । मन्दिरमा भक्तजनले चढाएको भेटि बुधबार कोषका पदाधिकारी, प्रहरी र जनप्रतिनिधिको रोहबरमा गनिएको थियो ।


प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रीको पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि म्याग्दीका ग्रामिण भेगसंगै छिमेकी जिल्ला बागलुङ, पर्वत पोखरा लगायतका ठाउँबाट ३० हजार जना भन्दा बढी भक्तजन आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाममा हिन्दु धर्मावलम्वीहरुको साझा तिर्थस्थल मानिन्छ । गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास रहदै आएको छ ।