निर्माण व्यवसाय महासंघको केन्द्रिय उपाध्यक्षमा म्याग्दीका जिसीको उम्मेदवारी

  • १८ फाल्गुन २०७८, बुधबार
  • 563 पटक पढिएको

म्याग्दी १८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघको आशन्न अधिवेशनमा म्याग्दीका नारायण जिसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ । हरेक प्रदेशबाट निर्वाचित हुने एक/एक उपाध्यक्ष पदमा गण्डकी प्रदेश तर्फको उपाध्यक्ष पदमा जिसीले उम्मेदवारी दिन लाग्नुभएको हो । निर्माण व्यवसायि संघ म्याग्दीका बर्तमान अध्यक्ष समेत रहनुभएका जिसीलाई गण्डकी प्रदेशतर्फबाट चयन हुने उपाध्यक्ष पदका बलियो उम्म्दवार मानिएको छ ।


गन्डकी प्रदेशबाट उपाध्यक्षमा अहिलेसम्म ४ जनाको दाबी रहने देखिएको छ । जिसीले निर्माण व्यवसायि संघ म्याग्दीको दुई पटक नेतृत्व गरिसक्नुभएको छ । निर्माण व्यवसायि संघ सामाजिक अभियन्ताका रुपमा पनि परिचित उहाँले जिल्लामा गंगा जिसी फाउन्डेसन मार्फत सामाजिक काम गर्दै आउनुभएको छ । निर्माण व्यवसायि संघ म्याग्दीको चैत ११ र १२ गते बेनीमा जिल्ला अधिवेशन हुँदै छ भने यहि फागुन २७ र २८ मा व्यवसायी महासंघको केन्दीय अधिवेशन हुँदै छ ।