ताजा अपडेट

रघुगंगा–३ पिप्लेमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा चार जना आकांक्षी

म्याग्दी २१ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)बाट चार जनाले दावेदार प्रस्तुत गरेका छन् । उम्मेदवार छनौटको लागि मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको वडा कमिटीको बैठकमा अध्यक्ष पदमा चार जनाले आफ्नो दावेदारी प्रस्तुत... पुरा पढ्नुहोस

रघुगंगाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित

म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस

बेनी–८ मा माओवादीले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी, २१ चैत । बेनी नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बेनीमा मंगलबार बसेको वडा कमिटिको बैठकले माओवादीको बेनी नगर कमिटि सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको वडा कमिटिका सचिव बिष्णु गौतम सापकोटाले जानकारी... पुरा पढ्नुहोस

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

म्याग्दी २२ चैत । सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ ।जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो । मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत/वैशाखमा फुल्ने... पुरा पढ्नुहोस

बागलुङमा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ, २२ चैत । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन् । मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दसँैमा कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ । चार दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि... पुरा पढ्नुहोस

दुर्गम गाउँको कथा : ‘अभाव र गरिबी’को भूमरीमा परेको परिवार (भिडियो रिपोर्ट सहित)

बेनी, २१ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यहि गाउँमा आश्रय लिएर बसेका छन रघुगंगा गाउँपालिका–८ कुईनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाई कष्टकर भएपछि विकको परिवार छिमेकी (माईति)गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरुको कुइनेखानीको बारी पहिरोले बगाएको छ ।  ... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : म्याग्दीमा राजनीतिक सरगर्मी बढ्यो

म्याग्दी २१ चैत । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (... पुरा पढ्नुहोस

नेपाली कांग्रेसबाट बेनी नगरपालिका-८ मा अध्यक्ष पदको उम्मेदवारमा हिमबहादुर भण्डारी

म्याग्दी २१ चैत । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बेनी नगरपालिका-८ मा हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ ।... पुरा पढ्नुहोस

पर्वतमा पॉचदलिय गठबन्धनले साझा उम्मेदवार बनाउने

पर्वत,२१ चैत्र । पॉचदलको केन्द्रिय तथा प्रदेशको नितिअनुसार पर्वतमापनि सरकारमा आबद्ध पाचदलिय गठबन्धनले साझा उम्मेदावार बनाउने निर्णय गरिएको छ । हिजो पर्वतको सदरमुकाम कुश्माबजारमा बसेको पा“च दलका प्रमुख प्रतिनिधीहरुको बैठकद्धारा आगामी स्थानियनिर्वाचनमा साझा उम्मेदवार बनाउने निर्णय गरेको आईतबार विहान आयोजित पत्रकार सम्मेलनमा जानाकारी गराईएको हो । पा“चदलमा नेपाली काग्रेस, माओवादी... पुरा पढ्नुहोस

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी, २१ चैत । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र... पुरा पढ्नुहोस