ज्ञानोदय माविमा एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई

  • ७ बैशाख २०७९, बुधबार
  • 1069 पटक पढिएको

म्याग्दी ७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट एसइई परिक्षामा सहभागी हुने विद्यार्थीहरुको विदाई गरिएको छ । वैशाख ९ गतेदेखि सुरु भएको एसइई परिक्षामा विद्यालयबाट सहभागी हुने १६ जना विद्यार्थीहरुलाई विद्यालयका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको तर्फबाट शुभकामना सहित विदाइ गरिएको थियो ।

विद्यालयको कक्षा ९ का विद्यार्थीहरुद्धारा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुवेदी, प्रअ बिजय शर्मा, निवर्तमान प्रअ परशुराम गौडेल लगायत विद्यालयका सल्लाहकार र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई अविर, माला लगाएर विदाइ गर्नुभएको थियो ।

उक्त अवसरमा विद्यालयका सल्लाहकार मुकुन्द शर्माले विद्यालयको कक्षा ९ बाट १० मा उर्तिण भएर जाँदै गरेका विद्यार्थी हरेकलाई रु ५ सयका दरले शैक्षिक सामाग्री उपलब्ध गराउन रु ९ हजार ५ सय सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।