रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारी र वडाअध्यक्ष कटु्वालद्वारा सरकारी सवारी फिर्ता

  • ८ बैशाख २०७९, बिहीबार
  • 805 पटक पढिएको

म्याग्दी, ८ बैशाख । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र वडानम्वर २ का वडा अध्यक्ष रिमबहादुर कटुवालले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाबाट सुविधाको रुपमा प्रयोग गर्दै आउनुभएको ग १ झ ४१९ गाडी र वडा अध्यक्ष कटुवालले प्रयोग गर्दै आउनुभएको ग १ ब १३३७ नम्वरको मोटरसाईकल विहिबार गाउँपालिकालाई फिर्ता गर्नुभएको हो ।


आसन्न स्थानीय तह निर्वाचनमा भण्डारी नेपाली कांग्रेसको तर्फबाट र कटुवाल नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न इच्छुक हुनुहुन्छ ।
निर्वाचन आचार संहिता अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न इच्छुक जनप्रतिनिधिले सरकारी सवारीसाधन फिर्ता गर्नु साथै पदबाट समेत राजीनामा दिनुपर्ने ब्यवस्था छ ।


गाउँपालिकाको केन्द्र मौवाफाँटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनको अवसरमा अध्यक्ष भण्डारी र वडाअध्यक्ष कटुवालले प्रयोग गर्दै आउनुभएको सवारीसाधन प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीलाई बुझाउनुभएको थियो ।