मौवाफाँट र दग्नाममा माओवादी केन्द्रको मतदातासंग भेटघाट तीव्र
- २१ बैशाख २०७९, बुधबार
- 997 पटक पढिएको
म्याग्दी, २१ बैशाख । आसन्न बैशाख ३० गते हुने निर्वाचन लक्षित गरेर रघुगंगा गाउँपालिकामा नेकपा माओवादीले घरदैलो तथा मतदातासंग भेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ ।
नेकपा (माओबादी केन्द्र) बाट रघुगंगा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष पदका उम्मेदवारहरुले गलेश्वर, मौवाफाँट र दग्नाममा बुधबार घरदैलो कार्यक्रम गरेका हुन् ।
रघुगंगा गाउँपालिका अध्यक्ष पदकी उम्मेदवार मिना विक, उपाध्यक्ष पदका उम्मेदवार रिम कटुवालले वडानम्वर ३ को गलेश्वर र मौवाफाटँ र वडानम्वर ४ को दग्नाममा घरदैलो गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटीको नेतृत्वमा उम्मेद्वारलाई जिताउने अभियान गण्डकी प्रदेशका सांसद विनोद केसी र गाउँपालिका कमिटी उपाध्यक्ष इन्द्र मगर लगायतको टिम रहेको छ ।
उम्मेदवारसंगै घरदैलोमा हिडेको टोलीले प्रतिवद्धता पत्रको जानकारी र मतपत्रको चिन्हमा मतदान गर्ने तरिका मतदाताहरुलाई सिकाउनुभएको थियो ।